अर्थ-वाणिज्य

योजना आयोग चरणबद्ध छलफलमा : लुम्बिनी प्रदेश सरकारको आवधिक योजना बनाउँन शुरु




देउखुरी २फागुन ।लुम्बिनी प्रदेश सरकारले दोस्रो आवधिक योजना बनाउँदै छ । आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याउने गरी बनाउन थालिएको आवधिक योजनाको विषयमा सरोकारवालाको राय सुझाव सङ्कलन थालिएको छ । आवधिक योजनामा सबै क्षेत्रलाई समेटेर सबैले अपनत्व लिने गरी नीति तथा कार्यक्रममार्फत बजेट विनियोजन गर्ने भएकाले सरोकारवाला क्षेत्रबाट योजना निर्माणमा सहयोग गर्न प्रदेश योजना आयोगले आग्रह गरेको छ ।प्रदेश योजना आयोगका सदस्य डा. सुदनकुमार ओलीले सरकारले आयआर्जनमा वृद्धि गरी रोजगारी सिर्जना गर्ने लक्ष्य राखेकाले निजी क्षेत्रलाई उत्पादनमा केन्द्रित हुन र रोजगारी सिर्जना गर्ने काममा लाग्न आग्रह गर्नुभयो ।

योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीले लुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री आर्थिक विकास कार्यक्रमको प्रारूप तयार पारिसकेको जानकारी दिँदै कृषि व्यवसायमूलक, सेवामूलक र युवा उद्यमशीलताको विकास मार्फत आगामी दुई वर्षमा दुई लाख रोजगारी सिर्जना गर्ने बताउनुभयो ।प्रदेश स्वास्थ्यमन्त्री राजु खनालले प्रदेशको विकासको मोडेल आवधिक योजनामा समेटिने र त्यसलाई वार्षिक योजनाका रूपमा अघि बढाउने जानकारी दिनुभयो । उद्योगी व्यवसायीका समस्याहरू सरकारले नजिकबाट बुझेको र समाधानका लागि सहकार्य गरेर अघि बढ्ने मन्त्री खनालको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका कार्यकारी निर्देशक आनन्द खनालले आवधिक योजनासँग जोडिएका विषयमा निजी क्षेत्रले सहयोग गर्ने बताउनुभयो ।

प्रकाशित : २ फाल्गुन २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६