अन्तर्राष्ट्रिय

तिलौराकोटको उत्खननमा भेटियो यू-आकारको बौद्ध मन्दिर,महत्वपूर्ण उपलब्धी हासिल : पुरातत्वबिद




तौलिहवा २ फागुन ।प्राचीन शाक्य गणराज्यको राजधानी सहर कपिलवस्तुको तिलौराकोटको उत्खननमा यू आकारको बौद्ध मन्दिरको भग्नावशेष फेला परेको छ । तिलौराकोटको केन्द्रिय संरचना परिसरको पश्चिमतर्फ मध्यभागमा यस्तो संरचना फेला परेको हो । विगतका वर्षदेखि नै केन्द्रीय संरचना परिसर क्षेत्रको विस्तृत जानकारी लिन उत्खनन भइरहेको पुरातत्व विदहरुको भनाई छ । पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत भाष्कर ज्ञवालीका अनुसार केन्द्रिय संरचना परिसरको उत्खननमा विभिन्न चरणमा निर्माण भएका संरचनाका साथै यू आकारको बौद्ध मन्दिरको भग्नावशेष फेला परेको बताउनुभयो ।

उहाँले केन्द्रीय संरचना परिसरमा बिभिन्न चरणमा निर्माण भएका सुरक्षा पर्खाल, बिहार, स्तुपा, बिहारको मध्य भागमा यू आकारको बौद्ध धर्मसँग सम्बन्धित संरचना पाइएको बताउनुभयो ।लुम्बिनी र कपिलवस्तु क्षेत्र शाक्यमुनि बुद्धको जन्मस्थल साथै उनका पिताको ‘कुल’ शाक्यहरूको राजधानी समेत थियो त्यसैले यस क्षेत्रमा बुद्धको समयदेखि नै बौद्ध धर्मको प्रचारप्रसार र विकास भएको मानिन्छ । विगतको उत्खननवाट यस ठाँउमा सुरक्षा पर्खाल, प्रवेशद्वार, विहारको संरचना, चौकिदार बस्ने कोठालगायतका भग्नावशेष फेला परेको थियो ।

विगत वर्षहरूमा मुख्य दरबार क्षेत्र, उत्तरी द्वार, मौर्यकालीन पोखरी, समयमाई मन्दिर पछाडि, शिवगढ, कन्थक स्तूपलगायतको क्षेत्रमा उत्खनन भइसकेको लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले बताउनुभयो । नेपाल सरकारको तर्फबाट तिलौराकोटलाई सम्पदा सूचीमा सूचीकृत गर्न अन्तिम मनोनयन दस्तावेज यूनेस्को विश्व सम्पदा केन्द्रमा पेश गरिएको हो । यूनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्विक स्थल तिलौराकोटलाई सम्भावित विश्वसम्पदा सूचीमा राखेको थियो।

प्रकाशित : ३ फाल्गुन २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६