खोज–अनुसन्धान

शिव पार्वती खानेपानी मधुवनको अध्यक्षमा खरेल सर्वसम्मत चयन



पशुपति गिरी ,बाणगंगा ।
शिव पार्वती खानेपानी उपभोक्ता तथा सरसफाई समिति बाणगंगा ८ मधुवनको अध्यक्षमा सर्बसहमतबाट खिमलाल खरेल (गोपाल) चुनिनु भएको छ । आज विहिबारखानेपानी उपभोक्ता तथा सरसफाई कार्यसमितिको आगामी वर्षको नयाँ नेतृत्वका लागि खरेल चयन हुनुभएको हो।

समितीको चौथों साधारण सभा तथा चौथों अधिवेशनले खरेललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यस्तै उहाँसंगै उपाध्यक्षमा तुलसी प्रसाद पाण्डे,सचिवमा पुष्पा भण्डारी,सहसचिवमा शुसिला खनाल,कोषाध्यक्षमा फनिराम जि.सी.,लेखा संयोजक मोहन अधिकारी,सह संयोजक गीता घिमिरे,लेखा सदस्य लक्ष्मी देवी कडेंल तुल्सीराम पौडेल र सदस्यहरूमा माथ बहादुर खत्री,गोमा कुमारी सुनार,मधु कुमारी थापा,नारायण प्रसाद भण्डारी ,हरि प्रसाद अर्याल,दिपा खत्री,गोमा भुसाल,माधव प्रसाद पौडेल,मनिलाल सलामी र डिल कुमारी के.सी.चयन हुनु भएको छ ।

यस्तै अध्यक्ष खरेलले शिव पार्वती खानेपानीलाई यस क्षेत्रका उपभोक्ताहरुलाई नियमित खानेपानीको ब्यवस्थापन गर्दै उपभोक्ताको हितको काम मा आफ्नो टिमले काम गर्ने बताउनु भएको छ ।

प्रकाशित : ३ फाल्गुन २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६