खोज–अनुसन्धान

बाणगंगा वडा नं. ७ मा मनोसामाजिक परामर्श तथा महिला घरेलु हिंसा सम्बन्धी ३ दिने तालिम सम्पन्न




पशुपति गिरी, बाणगंगा।

महिलाविरुद्ध हुने हिंसा न्यूनिकरण गर्ने र महिला अधिकार सुनिश्चित गराउने उद्देश्यसहित बाणगंगा नगरपालिका वडा नं. ७को आयोजनामा मनोसामाजिक परामर्श तथा महिला घरेलु हिंसा सम्बन्धी ३ दिने क्षमता अभिवृद्धि तथा सचेतना सम्बन्धी तालिम सम्पन्न भएको छ ।बाणगंगा नगरपालिका वडा नं. ७ को आफ्नै भवनमा घटना व्यवस्थापन तथामनोसामाजिक परामर्श तथा महिला घरेलु हिंसा सम्बन्धी ३ दिने तालिम सम्पन्न भएको हो ।तालिममा वडा नं.७का ८ वटै टोलहरुबाट ७० भन्दा बढी महिलाहरुको सहभागीता रहेको थियो ।३ दिनको तालिममा घटना व्यवस्थापन प्रक्रिया र मनोसामाजिक परामर्शको बारेमा बिस्तृत छलफल भएको थियो ।

७ नं.वडाका वडा अध्यक्ष बिष्णु गिरीको अध्यक्ष्तामा समापन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा आउनु भएको बाणंगगा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख खिम बहादुर जि.सी.ले नेपालको संविधानको मौलिक हकमा व्यवस्था गरिएका शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको सरकारले जनतालाई सुनिश्चितता गरेको उल्लेख गर्नु भएको थियो । निशुल्क तथा गुणस्तरीय शिक्षा, बालबालिका मैत्री विद्यालय, छात्रावृति, दिवा खाजा कार्यक्रमको व्यवस्था सरकाले गरेको जि.सी.ले जानकारी गराउनु भएको थियो ।

उक्त ३ दिने तालिमको प्रमुख प्रशिक्षक रहनु भएका बुद्धभुमी नगरपालिका वडा नं. ५ मा अवस्थीत स्वास्थ्य शाखाका प्रमुख समेत रहेका बिष्णु पौडेलले मन र मस्तिष्क बिचको अन्तक्रिर्या लगायतका बारेमा परामर्श दिनु भएको थियो । उहाँले यो समुदायको व्यित्तीहरु लाई परिवार समाजमा विभिन्न लाञ्छना तथा विभेद का कारणले मानसिक समस्या भोग्नु परेको र धेरै जना व्यत्तिहरुले आत्महत्या को प्रयास समेत गरेको बताउनुभएको हो ।

तालिममा सहभागीहरुले भने आगामी दिनमा यसको रोकथामका लागि सबै तहका निकायको ध्यानाकर्षण हुन जरुरी रहेको छ। परामर्श तालिम पाउदा सहभागी सबैले आफ्नो लागि केही सहजता हुने समेत बताए। उनिहरु ले आगामी दिनमा पनि यस्ता किसिमका कार्यक्रमको आयोजना गर्नु हुने समेत अपेक्षा राखेको बताएका छन् ।

प्रकाशित : ५ फाल्गुन २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६