अर्थ-वाणिज्य

प्रेस चौतारी बलियो हुदा एमाले र सिंगो पत्रकारीता क्षेत्र बलियो हुन्छ : थापा




दाङ ५ फागुन । नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा संघिय सांसद सुर्य थापाले प्रेस चौतारी बलियो हुदा एमाले र सिंगो पत्रकारीता क्षेत्र बलियो हुने वताउनु भएको छ । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश कमिटीको प्रथम साधारणसभा तथा प्रदेश भेलालाई शनिबार दाङको राप्ती गाउँपालिकाको सभाहल मसुरीयामा उद्घाटन गर्दै उहाले यस्तो बताउनु भएको हो ।चौतारीका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष शोभाकर पन्थीको अध्यक्षतामा भएको सभा उद्घाटन कार्यक्रममा बोल्दै थापाले प्रेस चौतारी बलियो भए मात्र पार्टी बलियो हुने बताएका छन् । त्यसका लागि उनले संगठनलाई बलियो बनाउन तर्फ लाग्न सुझाव दिएका छन् । त्यस्तै उनले पार्टीका हरेक गतिविधि तथा पार्टीको भिजनलाई उचाइमा पु¥याउने काम समेत प्रेस चौतारीले गरिरहेको र गरिरहने कुरामा आफू विश्वस्त रहेको बताउनु भयो ।
चौतारीका लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष दशरथ घिमिरेको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हिरामान लामा, सविन प्रियासन, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य लक्ष्मण आचार्य, लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरे, संसदीय मामिला पत्रकार समाज लुम्बिनीका अध्यक्ष घनश्याम गौतम, एमालेका प्रदेश कमिटी सदस्य तथा चौतारी विभाग प्रमुख मोहन चापागाईं, नेकपा एमाले दाङका अध्यक्ष हुकुम बहादुर बस्नेत, सुचना तथा सञ्चार परिषद् अध्यक्ष मिलन गाहा, प्रेस चौतारी लुम्बिनी प्रदेश कमिटीका सल्लाहकार भरत केसी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन महासचिव निरू गौतमले गर्नु भएको थियो ।
फोटो ः

प्रकाशित : ५ फाल्गुन २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६