अर्थ-वाणिज्य

पिपराका थापालाई जिल्लाकै उत्कृष्ट प्रहरीको सम्मान



कपिलवस्तु ५ फागुन । कपिलवस्तु प्रहरीले हरेक महिनाका उत्कृष्ट काम गर्ने प्रहरीलाई गर्ने सम्मान यसपाली ईलाका प्रहरी कार्यालय पिपरामा कार्यरत प्रहरी हवल्दार कृष्ण बहादुर थापा क्षेत्रीले पाउनु भएको छ । माघ महिनाको जिल्लाकै उत्कृष्ट प्रहरी घोषित भई सम्मानित हुनुभएको छ। ईलाका प्रहरी कार्यालय पिपराको प्रमुखमा प्रहरी निरिक्षक गोपाल जंग रायमाझीको नेतृत्वमा यहाँको शान्ती सुरक्षाको अवस्था सुदृढ हुंदै गएका बखत फरार प्रतिवादीहरु फटाफट कानुनी दायरामा आउदै गर्दा यो सम्मान मिलेको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले प्रहरी सेवामा निरन्तर उत्कृष्ट कार्य सम्पादन गरि कर्तब्य निष्ठ भई आफ्नो जिम्मेवारी पुरा गरेको भन्दै प्रशंसा पत्र सहित सम्मानित हुन सफल भएकोमा ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख प्रहरी निरीक्षक गोपाल जंग रायमाझीले बधाई ज्ञापन गरेको वताउनु भयो । प्रहरी निरीक्षक रायमाझीले आफ्नो नेतृत्वमा रहेको टिमले अनवतर रुपमा कार्य गरेकोले सफलता मिलेको बताउनुभयो । उहाँले यस आर्थिक बर्षको अहिले सम्म ३२ जना फरार प्रतिवादी पक्राउ गरि अदालत बुझाएको र लागु औषधको डिलर बनाई बस्ने ३५ जनालाई मुद्धा चलाएको बताउनुभएको छ ।

उहाँले प्रहरी सधै जनताको शान्ती, सुरक्षा, अमनचयनमा चनाखो रहेको बताउँदै जनताको जनधनको सुरक्षामा तल्लीन रहेको बताउनुभएको छ । प्रहरी निरीक्षक रायमाझीले प्रहरी सेवामा कार्यरत रहि निरन्तर रुपमा व्यवसायिक एवं कर्तव्य निष्ठ भई जिम्मेवारीलाई आत्मसाथ गर्दै उत्कृष्ट कार्य सम्पादन गर्नु भई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट माघ महिनाको उत्कृष्ट प्रहरी कर्मचारी घोषित हुनु भएकोमा हवलदार थापालाई आगामी व्यवसायीक एवम् व्यक्तिगत जीवनको सफलताको शुभ–कामना व्यक्त गर्नुभएको छ ।

प्रकाशित : ५ फाल्गुन २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६