अर्थ-वाणिज्य

७ महिनामा भैरन्सारमा लक्ष्यको एकतिहाई मात्र प्रगती




बुटवल ८ फागुन । ७ महिनामा भैरन्सारमा लक्ष्यको एकतिहाई मात्र प्रगती भएको छ । भैरहवा भन्सार कार्यालयले ७ महिनामा लक्ष्यको ३५।६३ प्रतिशत राजस्व सङ्कलन गरेको हो । चालु आर्थिक वर्षको माघ मसान्तसम्म यस कार्यालयले ४५ अर्ब ५४ करोड १९ लाख २५ हजार राजस्व सङ्कलन गरेको हो ।भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा १ खर्ब २७ अर्ब ३ करोड ६६ लाख ७९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । लक्ष्य पूरा गर्न भन्सार कार्यालयले अबको ५ महिनामा ८२ अर्ब २९ करोड ४७ लाख ५४ हजार राजस्व उठाउनु पर्ने छ ।
भन्सार कार्यालयले साउन महिनामा ६ अर्ब ४९ करोड ५ लाख ३१ हजार, भदौमा ६ अर्ब ८६ करोड ५१ लाख ३३ हजार, असोजमा ९ अर्ब ३ करोड ८६ लाख ७३ हजार राजस्व सङ्कलन गरेको छ । यस्तै, कार्तिकमा ४ अर्ब ४९ करोड ४ लाख ३९ हजार, मङ्सिरमा ६ अर्ब ६ करोड ३ लाख ४४ हजार, पुसमा ६ अर्ब १९ करोड १७ लाख १३ हजार र माघ महिनामा ६ अर्ब ४० करोड ६ लाख ९२ हजार राजस्व सङ्कलन भएको भन्सार कार्यालयका प्रमुख नारद गौतमले बताए ।चालु आर्थिक वर्षको बाँकी ५ महिनामा लक्ष्य हासिल गर्ने उनको दाबी छ । अहिलेसम्म निर्धारित लक्ष्य पूरा नभए पनि विगतका वर्षको तुलनामा राजस्व सङ्कलनको अवस्थामा सुधार आएको उनले प्रस्ट पारे । गत वर्ष तोकिएको लक्ष्यभन्दा आधा राजस्व सङ्कलन भएको थियो ।
सिमेन्टदेखि अदुवासम्म निर्यात
भैरहवास्थित बेलहिया नाका हुँदै चालु आर्थिक वर्षको ७ महिनामा विभिन्न बस्तु निर्यात भएका छन् । खासगरी रुपन्देही, नवलपरासी, कपिलवस्तु जिल्लामा रहेका उद्योगबाट उत्पादित सिमेन्टका साथै पाल्पा, प्युठान लगायतका जिल्लामा उत्पादित अदुवा यही भन्सार नाका हुँदै भारत तथा तेस्रो मुलुक जाने गरेका छन् ।भैरहवा भन्सार कार्यालयबाट ५ अर्ब ६७ करोड ६८ लाख रुपैयाँका नेपाली बस्तु निकासी भएका छन् ।चालु वर्षको माघ महिनाको अवधिमा यो बेलहिया नाकाबाट सेन्थेटिक यार्न सबैभन्दा बढी निकासी भएको छ ।

सेन्थेटिक यार्न भारत तथा टर्की निकासी हुने गरेको छ ।यस्तै, खैरो सिमेन्ट निर्यात दोस्रो नम्बरमा छ । विभिन्न वनस्पति उत्पादन, पिना, अदुवा, सुठोलगायतका जडीबुटी, तयारी चाउचाउ, पास्ता तथा चोकर भुससमेत यो नाकाबाट निकासी भइरहेको छ ।भन्सार कार्यालय भैरहवाबाट चालु आर्थिक वर्षमा १ अर्ब ७७ करोड ५३ लाखको सेन्थेटिक यार्न निकासी भएको छ । यस्तै खैरो सिमेन्ट ९१ करोड ३२ लाख रुपैयाँ बराबरको, क्लिङ्कर ७५ करोड ३६ लाख बराबरको निर्यात भएको छ ।
केही वर्ष अघिसम्म भारतकै भर पर्नुपर्ने अवस्था रहेको सिमेन्ट तथा क्लिङ्कर पछिल्लो समय भारततिर निकासी हुन थालेको हो । बेलहिया नाका हुँदै अर्घाखाँची, शुभश्री, जगदम्बा, पाल्पा तथा सर्वोत्तम सिमेन्ट भारततर्फ निकासी हुँदै आएको छ ।सिमेन्टको आन्तरिक खपत कम भइरहेका बेला भारत निकासीमा देखिएको सुधारले उद्योगी तथा व्यवसायीहरूलाई राहत पुगेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताए । नाकाबाट मोटरसाइकल, कार भ्यान, पेट्रोल, एल पी ग्यास, मोबाइल, मार्बल जस्ता बस्तु आयात हुने गरेको छ ।

प्रकाशित : ८ फाल्गुन २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६