अर्थ-वाणिज्य

रविले भने म गलत सावित भएभने मुख लुकाएर भाग्छु राजनीतिमा रहदैन




कपिलवस्तु १२ फागुन
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रवि लामीछानेले भनेका छन् अहिले जे जस्ता विवादमा मलाई मुछ्न खोजिएको छ यदि म गलत सावित भएभने नकचरो मुख देखउदै राजनीतिमा लाग्दैन मुख लुकाएर भाग्छु । म सही ठहरे भने एक एकको हिसाव चुक्ता गर्छु । ३४ बर्षको हिसावको छिनोफानो खोज्छु । उनले देशका प्रमुख पार्टीहरु मिलेर आफूलाई फसाउन खोजेको आरोप लगाएका छन । २ बर्ष अघि सम्म संचारकर्मीकारुपमा काम गरेको र अहिले जनताको अपार समर्थन देखेर कांग्रेस, एमाले, माओबादी मिलेमलाई फसाउन खोजेका छन् उनले भने । राष्ट्रिय स्वतन्त्र पार्टी कपिलवस्तुले बाणगंगा नगरपालिकामा राखेको सभामा बोल्दै उनले एक आपसको आलोचन गर्ने ती पार्टीहरुले अहिले भने राष्ट्रिय स्वतन्त्र पाटीको खेदो खनेको आरोप लगाए ।
‘ घेराबन्दी र चरित्र हत्या गर्न खोजिएको छ त्यसको हिसाब अब नेपाली जनताले दिनेछन ’ उनले भने । ‘ एउटा सामान्य संचारकर्मी र सामान्य मान्छेलाई सारा नेपालीको माया मिलेको छ, मलाई यति भन्दा केही चाहिएको छैन, ’ उनले भने ‘ अब यही पुँजीलाई जोगाएर आउँदो निर्वाचनमा रास्वपाको नेतृत्वको सरकार बनाउने छौँ र ३४ वर्ष सम्म देश कसरी कसले लुट्यो एक एक हिसाब लिने छौँ ’ उनले दावि गरेका छन् ।
३४ बर्ष सम्म देशमा शासन गर्नेहरुरुले संपत्ति सुद्धीकरणमा आफुलाई फसाउन खोजेको जनताले बुझेको उनको दाबी छ । उनले जनताको आर्शिवाद पाउदा सम्म आफूलाई कसैसँग लुक्न र झुक्न नपर्ने बताएका छन् ।‘ नेपाली जनताले एउटा आशा देखेका छन्, एउटा सपना देखेका छन्, एउटा युग देखेका छन् त्यो पुुरा गर्न हामी तयार छौँ ’ उनले भने । उनले २०८४ मा सबै राजनीतिक दलहरुलाई पराजित गर्ने बताए । उनले आगामी चुनावमा आ आफ्नो पार्टीमै बसेर मत फेर्न घण्टीमै मतदान गर्न सफथ नै खुवाए ।
‘ अब देशमा कसैले भोको पेट बस्न नपरोस, कसैका छोराछोरी शिक्षाबाट बञ्चित हुन नपरोस, कसैले स्वास्थ्यका लागि उपचारबाट बञ्चित हुन नपरोस यही संकल्प लिएर हिडेका छौँ ’ उनले भने । लुम्बिनी जस्तो पवित्र ठाउँलाई पनि लुकाउन पर्ने स्थिति आएको उनले बताए । ‘ आज किसानले दुधको मुल्य नपाएर दुध पोख्न परेको छ । जुन किसानले भोट दिएर पठायो, यही भुमिका कृषि मन्त्रीलाई थाहा छैन यहीका किसानको पिडा ’ उनले भने । एउटा गठबन्धन तोडेर अर्को गठनन्धन बनाएका प्रधानमन्त्रीले के गरिरहेका छन् आफूलाई थाह नभएको उनले बताए । सुनको फाइल खोल्दा आफ्ना साथीहरु नै सुनै सुनका पहेँला देखिने भन्दै उनले करोडौँको घोटालामा मन्त्रीहरुको नाम मुछिएको बताए ।
‘ यता फाइल खोल्दा सरकार ढल्छ, उता फाइल खोले पनि सरकार ढल्छ, प्रधानमन्त्री कता के गर्दै हुनुुहुन्छ, हैन मलाई यही गठबन्धन चाहिन्छ भन्दै हुनुहन्छ ? उनले भने । पुराना दललाई मत दिएर जिताउनु भनेको फेरि भ्रष्टाचार र अनियमिततालाई प्रश्रय दिए सरह हुने उनको भनाइ छ । कार्यक्रममा उपसभापति डिपी अर्याल, केन्द्रिय सदस्य अर्जुन अधिकारी, पशुविज्ञ होम क्षेत्री, लुम्बिनी प्रदेश इन्चार्ज गणेश पौडेल, जिल्ला सभापति शिव सुवेदी, नेता विक्रम थापा लगायतले मन्तव्य दिएका थिए ।

प्रकाशित : १२ फाल्गुन २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६