खोज–अनुसन्धान

महाधिवेशनको बाछिटा : जसपा लुम्बिनी प्रदेश अध्यक्षको राजीनामा




बुटवल १२ फागुन । जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष अशोक यादवले आफ्नो पदबाट राजीनामा दिएपछि सो पार्टीमा विवाद उत्पन्न भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीप्रति असन्तुष्ट हुँदै अध्यक्ष अशोक यादवले राजीनामा दिएका हुन् ।उनको राजीनामाले केन्द्र तथा लुम्बिनी प्रदेश कमिटीमा विवाद सुरु भएपछि त्यसको समाधानका लागि सो पार्टीका कार्यकारिणी सदस्य एवम् लुम्बिनी प्रदेश कमिटीका इन्चार्ज राज किशोर यादव लुम्विनीमा आएका छन् । महाधिवेशनको मुखमा पार्टीमा देखिएको विवादलाई समाधान गर्नका लागि कार्यकारिणी सदस्य राज किशोर यादव आएका हुन् ।लुम्बिनी प्रदेश कमिटीका एक सदस्यकाअनुसार जसपाका अध्यक्ष यादवले प्रदेश कमिटीसँग कुनै सल्लाह नै नगरीकन मनमौजी ढङ्गले विभिन्न मनोनयन र नयुक्तिहरु गर्ने गरेका छन् ।
उनले भने, ‘अध्यक्षज्यूले कतिपय यस्ता काम गर्नुभएको छ, जसको जानकारी हामी प्रदेश कमिटीलाई पनि थाहा छैन । त्यही कुरामा चित्त नबुझेर अशोकजीले राजीनामा दिएका हुन् ।’यो क्रियाकलापप्रति असन्तुष्ट भएर लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष अशोक यादवले केन्द्रीय अध्यक्ष उपेन्द्र यादवसँग फोनमा कुरा गरेका थिए । फोनमै दुई जनाबिच चर्काचर्की भएपछि अशोकले राजीनामा दिएका थिए ।
उनले राजीनामा पत्र पार्टीका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, कार्यकारिणी सदस्य रेणु यादव र लुम्बिनी प्रदेशका इन्चार्ज राजकिशोर यादवको वाट्सएपमा पठाएका छन् । तर हालसम्म उनको राजीनामा स्वीकृत भने भएको छैन । सप्तरी र पर्साको विवाद समाधान नहुँदै लुम्बिनी प्रदेशमा विवाद उत्पन्न भएको हो । सो पार्टीका कार्यकारिणी सदस्य रेणु यादव पार्टी छाड्ने तरखरमा छिन् भने कार्यकारिणी समितिका सदस्य इस्तियाक राइन् पार्टीका गतिविधिबाट असन्तुष्ट भएर बसेका छन् ।उनी झन्डै एक वर्षभन्दा बढी समयदेखि पार्टीको सम्पर्कमा छैनन् । हालै मधेश प्रदेश कमिटीको अध्यक्षबाट हटाइएका रामबाबु यादव पनि पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आइरहेका छन् ।

प्रकाशित : १२ फाल्गुन २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६