अर्थ-वाणिज्य

सानागाडीलाई बाणगंगा यातायात समितिमा आबद्ध हुन आग्रह

निजी नम्बर प्लेटका कार, जिप दर्ता गर्ने




बाणगंगा१३ फागुन । बाणगंगा यातायात व्यवसायी समितिका अध्यक्ष लक्ष्मण भुसालले साना गाडीहरुलाई पनि बाणगंगा यातायात व्यवसायी समितिमा आबद्ध हुन आह्वान गरेका छन् । बाणगंगा–१ स्थित बाणगंगा यातायात व्यवसायी समितिको बैठकलाई सम्बोधन गर्दै भुसालले ट्रक, मिनि ट्रक, टिप्पर, टेलरहरु समितिमा पहिल्यैदेखि आबद्ध रहेकोले साना ४ पाङ्ग्रे गाडीहरु स्कारपियो, पिकअप, कार, जिप, हाइलक्स, टाटा सुमो, छोटा हात्ती लगायतलाई समितिमा सदस्यता लिन अपिल गरेका हुन ।
भुसालले समितिमा आबद्ध हुने सवारी साधनको दुर्घटना तथा क्षतिपूर्ति सम्बन्धी व्यवस्था सहज र सुविधाजनक रुपमा आफ्नो समितिले गर्दै आएकोले अबदेखि निजी नम्बर प्लेटका कार, जिप लगायतका सवारी साधनहरु यसै समितिमा दर्ता गर्ने सहज व्यवस्था रहेकाले टाडा बाहिरी जिल्ला नजान उनले आग्रह गरे । भुसालले २०८० मंसिर १५ गते सम्पन्न वार्षिक साधारण सभा पश्चात समितिको पहिलो बैठकबाट सदस्यता विस्तार वर्ष २०८० भन्ने नाराका साथ यस वर्ष देखि समितिमा साना प्रकृतिका गाडिहरु पनि दर्ता गर्न लागिएको बताए ।
स्थानीय गाडी धनी श्याम न्यौपानेले समितिमा न्यून रकम बुझाए हुने र दायित्व समितिले वहन गर्ने भएकाले अनिश्चित घटनाबाट सिर्जना हुन सक्ने जोखिम प्रति ढुक्क भएको बताए । बाणगंगा यातायात व्यवसायी समितिका संस्थापक अध्यक्ष रामहरी नेपालले इमान्दार, नैतिकवान, लगनशिल र साहसिक व्यक्तिले मात्र संस्थालाई दिगो रुप दिन सक्ने बताउँदै संस्थाले कमजोरलाई सशक्त बनाउन पहिलो प्राथमिकता दिने र हरेक काम हामी जिम्मेवारी पुर्वक सम्पन्न गर्दै आएको बताए ।
बणगंगा यातायात व्यवसायी समितिका निवर्तमान अध्यक्ष तथा नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद न्यौपानले नेपालमा यातायात क्षेत्रले ठूलो लगानी गरे पनि राज्यको अस्वस्थ प्रतिस्पर्धाले यातायात व्यवसायी धराशायी बन्दै गइरहेका र भारतीय सवारी साधानहरु देशैभर निर्वाधरुपमा ढुवानी गरी रहेकाले नेपाली यातायात व्यवसायी धराशायी बन्दै गएकाले सरकारले नेपाली यातायात व्यवसायी बचाउने र बाँच्ने खालका नीति नियम जतिसक्दो चाडो ल्याउनु पर्ने बताए ।

प्रकाशित : १३ फाल्गुन २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६