खोज–अनुसन्धान

मुलुकको बिकासका लागि युवापुस्ता राजनीतिक रुपमा अग्रपंक्तिमा आउनु : अध्यक्ष तिमिल्सेना



भुपाल थापा,
कपिलवस्तु १३ फागुन ।कपिलवस्तु । राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले मुलुकको बिकासका लागि युवापुस्ता राजनीतिक रुपमा अग्रपंक्तिमा आउनुपर्ने बताउनुभएको छ । आइतबार नागरिक समाज कृष्णनगरले कपिलवस्तुको कृष्णनगरमा आयोजना गरेको नागरिक अभिनन्दन तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले समाज रुपान्तरणको संवाहक शिक्षा क्षेत्रसँगै युवाबर्ग भएकाले पनि तीनै तहका सरकारले शिक्षा र युवावर्गमा लगानी गरि सकारात्मक सोंचको बिकास गरिनुपर्नेमा जोड दिनुभएको हो ।
कपिलवस्तुको समग्र बिकासका लागि सद्भावपूर्ण ब्यवहारका साथ राजनैतिक दलहरुले काम गरेमा जनमतको कदर हुने धारणा राख्नुभयो । बहुजातिय नेपालीहरुले एकअर्काको संस्कृति र परम्परालाई स्वीकार्दै सम्मान गर्नु ठूलो सम्पति भएको समेत उहाले बताउनुभएको छ । प्राकृतिक रुपमा सयौँ फूलहरुले सुन्दर सजिए जस्तै धार्मिक, सांस्कृतिक, रितिरिवाज, परम्पराका कारण पनि नेपाल विश्वकै सुन्दर मुलुक रहेको उल्लेख गर्नुभयो ।
उहाँले विभिन्न जातजाति तथा धर्म मान्नेहरुले एक–अर्काको पर्वहरुलाई सम्मान गर्ने संस्कृति नेपालीमा रहेको बताउँदै त्यो राष्ट्र समृद्धिको लागि ठूलो अवसर हुने बताउनुभयो । दशँै, तिहार, छठ, मोहर्रम, रमजान लगायतका पर्वहरु कुनै जात विशेषको नभएर सिङ्गो नेपाली समुदायको भएको उहाँले सुनाउनुभयो ।
अध्यक्ष तिमिल्सिनाले कपिलवस्तुको विकासको लागि उच्च सम्भावनायुक्त ठाउँ रहेको भन्दै त्यसको लागि पुर्वाधारहरु निर्माण भइरहेको समेत बताउनुभयो । सद्भाव र शान्तीको उद्गम स्थल समेत कपिलवस्तु भएकाले यहाँका पूरातात्विक र पर्यटकीय क्षेत्रको बिकासका लागी साझा प्रतिबद्धता आवश्यक रहेको उहाँको धारणा छ ।
मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले संवैधानिक निकायको हक अधिकार, काम कर्तब्यका बारेमा संविधानमै स्पष्ट ब्यवस्थाबारे सरकार बिज्ञ रहेपनि अनबिज्ञता प्रकट गरेप्रति रुष्टता प्रकट गर्नुभएको छ । लुम्बिनी प्रदेश लोकसेवा आयोगले संविधानमा स्पष्ट ब्यवस्था रहेको भएतापनि बिज्ञापन आह्वान गर्दा अधिकारमाथी संकुचित गर्ने काम गरेको अध्यक्ष अन्सारीले बताउनुभयो ।
बिजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले कपिलवस्तुको समग्र अवस्था, सम्भाव्यता, अवसर र कमजोरीका सवालमा कार्यक्रममा आफ्नो धारणा राख्नुभएको थियो । केन्द्रमा पहुँच पुग्ने नेतृत्वले सधैं कपिलवस्तुको पश्चिमी क्षेत्रलाई उपेक्षा गरेको प्रति दुखेसो पोख्दै थापाले भन्नुभयो, पर्यटकीय र आर्थिक तवरले प्रशस्त संभावनायुक्त जिल्लाले बिश्वासिलो अभिभावक नपाउनु दुखद हो ।
कार्यक्रममा मुस्लिम आयोगका सदस्य मिर्जा असरद वेग, प्रमुख जिल्ला अधिकारी बिश्वप्रकाश अर्याल, प्रहरी निरीक्षक नवरत्न पौडेल, शसस्त्र प्रहरी उपरिक्षक राजेशजंग पाण्डे, अधिकारकर्मी मीना परियार, युवा नेता मिर्जा राशिद बेग, कृष्णनगर नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु, कृष्णनगर उद्योग बाणिज्यका अध्यक्ष, नागरिक समाजका बिभिन्न ब्यक्तित्वहरु, समाजसेवी लगायतको उपस्थिती रहेको थियो ।कृष्णनगर नागरिक समाजका अध्यक्ष लक्ष्मण भूसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सगिर अहमद खाँ र सञ्चालन चिन्ता परियारले गर्नुभएको थियो ।

प्रकाशित : १३ फाल्गुन २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६