अर्थ-वाणिज्य

२४ किलो बढी लागूऔषध चरेश सहित ५ जनालाई कपिलवस्तु प्रहरीद्वारा पक्राउ



रामजीत तेली
कपिलवस्तु १४ फागुन । अवैध लागूऔषध चरेश २४ किलो ५ सय ६० ग्रामसहित ५ जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा धादिङ खनियावास गाउँपालिका ५ बस्ने ५९ वर्षीया सेती तामाङ, ६६ वर्षीय रेगदोन तामाङ, सल्यान सिद्धकुमाख गाउँपालिका(४ बस्ने ४० वर्षीय थल बहादुर रोका, धादिङ खनियाबास गाँउपालिका(५ बजे ५२ वर्षीया साङ जोम तामाङनी र रुकुम भूमे गाउँपालिका २ घर भई दाङ लमही नगरपालिका ४ बस्ने ३७ वर्षीया भावना बुढा रहेका छन्।

ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले कृष्णनगर नगापालिका २ लिङ्गेट नेपालबाट भारततर्फ जादै गरेका सेती तामाङलाई ५ किलो ५ सय ५५ ग्राम रेगदोन तामाङलाई ५ किलो ३ सय ६५ ग्राम, थल बहादुरलाई ४ किलो ६ सय १५ ग्राम र साङ जोमलाई ५ किलो ४ सय ८० ग्राम लागूऔषध चरेशसहित पक्राउ गरेको हो।यस्तै थप अनुसन्धानको क्रममा भावना बुढाको समेत संग्लनता रहेको खुल्न आएपछि उनलाई कृष्णनगर नगरपालिका १ शिवानगरवाट थप ३ किलो ५ सय ४५ ग्राम चरेशजस्तो देखिने वस्तुसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो।पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

प्रकाशित : १४ फाल्गुन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६