खोज–अनुसन्धान

प्रमुख प्रशासकीय सापकोटालाई कार्यकक्षबाट जबरजस्ती बाहिर निकालेर तालाबन्दी



रुपन्देही १४ फागुन । देवदह नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटालाई कार्यकक्षबाट जबरजस्ती बाहिर निकाली तालाबन्दी गरिएको छ । नेपाली काँग्रेस तथा राप्रपाबाट निर्वाचित वडाअध्यक्ष, कार्यपालिका सदस्य लगायतले सोमबार प्रमुख प्रशासकीयको कार्यकक्षमा पसेर तालाबन्दी गरेका हुन् । तालाबन्दी गर्न पुगेका काँग्रेस राप्रपाका नेता कार्यकर्ताले प्रमुख प्रशासकीयको नेम प्लेट समेत तोडफोड गरेर फालेका छन् भने हुलहुज्जतमा काँचको टेबल समेत फुटेका छन् ।

स्थितीलाई नियन्त्रणमा लिन खोज्दा कार्यकक्षमा ताला लगाउन पुगेका कांग्रेस- राप्रपाका कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप भएको थियो । कांग्रेस र राप्रपाका जनप्रतिनिधि सहित नगरपालिका पुगेका कार्यकर्ताहरुले नेपाल प्रहरीले बोकेको टियर ग्याँसको हतियार खोस्ने प्रयास गरेपछि थप तनाव बढेको थियो ।नगरपालिका पुगेका कार्यकर्ताहरुले पौष १७ गतेको कार्यपालिका बैठकमा प्रस्तावित विषयहरुमाथि सहमति नजुटेपछि १२ वडाका वडाध्यक्ष मध्ये ७ वटा वडाका वडाध्यक्षहरु र १ जना कार्यपालिका सदस्य सहित ५ जना कार्यपालिका सदस्यले कार्यपालिका बैठकमा नट अफ डिसेन्ट लेखेको तर बहुमतीय दम्भ देखाएर असहमति दर्ज नगरिएको बताएका छन् ।

देवदहमा खेलकुद बिकास समितिको संयोजक तथा सदस्य छनोटको विषयमा असहमती जनाउँदै उनीहरुले आन्दोलन अघि बढाएको बताएका छन् ।तालाबन्दी गर्न पुगेका जनप्रतिनिधिहरुले प्रकाशन गरेको विज्ञप्तिमा नगर प्रमुख, उपप्रमुख सम्बोधित कोष तोक आदेशका भरमा योजना सम्झौता गरि भुक्तानी समेत गरीएको आरोप लगाइएको छ । विज्ञप्तिमा नगर प्रमख कोषदेखि आफ्नो कुल मन्दिरमा रकम विनियोजन गरी वडा न।९ को कार्यालयको सिफारिस बिना रकम निकाशा गरिएको, वडा नं ८ मा नदिजन्य पदार्थ चोरी तस्करी गरिएको अवस्थामा जिल्ला प्रशासन कार्यालयले ट्याक्टर, जे सि भि स्वंय पक्राउ गरि खैरेनी चौकीलाई बुझाई देवदह नगरपालिकालाई कारवाहीको लागि पठाएको पत्र नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा विना राजश्व छाडीएको लगायतका आरोप लगाइएको छ ।

प्रकाशित : १४ फाल्गुन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६