अन्तर्राष्ट्रिय

सुन तस्करी प्रकरणका मुख्य योजनाकार पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङ पक्राउ



काठमाडौं १५ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको १४ किलो सुन प्रकरणका मुख्य योजनाकार पक्राउ परेका छन । सुन तस्करमा मुख्य योजनाकार रहेका काठमाडौंको प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जोन भनिने जीवनकुमार गुरुङलाई प्रहरीले गएराती पक्राउ गरेको हो ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को बिशेष टोलीले गुरुङलाई काठमाडौंबाट पक्राउ गरेको हो । विमानस्थल भन्सार कार्यालयले गुरुङ नै सुन तस्करीमा मुख्य योजनाकार रहेको जनाउँदै पक्राउ गरी बुझाउन प्रहरीलाई पत्राचार गरेको थियो ।

प्लाटिनम कलेज डिल्लीबजार कालिकास्थानमा रहेको छ । गुरुङले सोही कलेज र सत्तारुढ नेकपा माओवादी केन्द्रका नेताहरुको आडमा दुबईबाट सुन तस्करी गर्ने गरेका थिए । उनले पछिल्लोपटक तस्करी गरी ल्याएको १४ किलो सुन पक्राउ परेपछि यो घटनाको पर्दाफास भएको हो । सो घटनाको छानविन गर्दा तस्करी गरेर ल्याएको सुनको गुरुङ नै मुख्य योजनाकार रहेको पाइएको थियो ।

भन्सार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो समय भइरहेको तस्करी प्रकरणको मुख्य नाइके गुरुङ रहेको दाबी गर्दै थप छानबिन र अनुसन्धान गरिरहेको छ । पर्वत स्थायी घर भएका गुरुङ पक्राउ पुर्जी जारी भएपछि फरार रहेका थिए ।

यस प्रकरणमा चन्द्र घले र घलेले पोलेका मीनबहादुर घलेलाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा १ अर्ब ४० करोड ५५ लाख रुपैयाँ विगो दाबीसहित मुद्दा दायर भइसकेको छ । गुरुङ पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार समेत रहेका थिए । सोही पदको आडमा लामो समयदेखि उनले तस्करी धन्दा चलाएको पाइएको छ । यो सुन तस्करी प्रकरणमा माओवादीका उच्च नेता पनि संलग्न रहेको देखिएको छ । गुरुङ पक्राउपरेपछि यो तथ्य थप उजागर हुने समितिका सदस्यहरुको अपेक्षा छ ।

प्रकाशित : १५ फाल्गुन २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६