अर्थ-वाणिज्य

लघुवित्तका ऋणीको ७ दिने हिरासत वास



काठमाडौं १५ फागुन, । सोमबार संघीय संसद भवन नयाँ बानेश्वरमा प्रवेश गरेका लघुवित्तका ऋणीहरु ७ दिन हिरासतमा रहने भएका छन् ।लघुवित्तको ऋण मिनाहा हुनुपर्ने लगायतको माग राखेर आन्दोलन गर्न आएका झण्डै ५० जना ऋणीहरु सोमबार संघीय संसद भवन नयाँ बानेश्वरमा प्रवेश गरेका थिए ।उनीहरुलाई प्रहरीले तत्काल पक्राउ गरेर महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको थियो ।प्रहरीले शान्ति सुरक्षामा खलल पारेको अभियोगमा अनुसन्धान गर्न उनीहरुलाई ७ दिन हिरासतमा राख्न अनुमति मागेको थियो । जिल्ला अदालत काठमाडौंले हिरासतमा राख्न अनुमति दिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : १५ फाल्गुन २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६