अर्थ-वाणिज्य

कपिलवस्तुमा बन्याकरण गराउने जिम्मा पनि महिला कै काँधमा




कपिलवस्तु १७ फागुन ।सन्तानको रहर पुगेका दम्पतीले परिवारको योजना अनुसार स्थायी बन्ध्याकरण गराउन सक्छन । यसकालागि पुरुष र महिला दुबैकालागि बन्ध्याकरणको सुबिधा छ । तर बन्ध्याकरणको समेत जिम्मेवारी महिला कै काधमा दिने गरिएको छ । पुरुषहरु आफु सो जिम्मेवारीबाट पंछेर महिलालाई बन्याकरणकालागि अघि सार्ने गरेका छन ।
कपिलवस्तुको १० वटै पालिकामा स्वास्थ्य कार्यालय कपिलवस्तुको आयोजना तथा सुनौलो परिवार नेपाल (मेरी स्टोप्स)को प्राबिधिक सहयोगमा गरिएको स्थायी बन्ध्याकरण घुम्ती शिबिरबाट सो तथ्या फेला परेको हो । शिबिरमा २ सय ७८ जनाको बन्ध्याकरण गरिएको थियो । जसमा ४ जना मात्र पुरुषले बन्याकरण गराएको स्वास्थ्य कार्यालय कपिलवस्तुका पब्लिक हेल्थ नर्स शान्ति भण्डारीले बताईन ।
बिगत देखि नै स्थायी बन्याकरण गर्ने पुरुषको सङ्ख्या जिल्लामा न्यून छ । अर्थिक वर्ष ०७८÷०७९मा १९१ महिला र ५ जना पुरुष गरी १९६ ले स्थायी बन्ध्याकरण गराएका थिए । त्यस्तै, आर्थिक वर्ष ०७९÷०८० मा २ सय ६० महिला र ५ जना पुरुष गरी २ सय ६५ जनाले स्थायी बन्ध्याकरण गराएका थिए । स्थायी बन्ध्याकरणका लागि महिलाले गर्ने बन्ध्याकरणलाई मिनिल्याप र पुरुष बन्ध्याकरणलाई भ्यासेक्टोमी भन्ने गरिन्छ । महिलामा गरिने मिनिल्यापभन्दा पुरुषहरुले गर्नेे भ्यासेक्टोमी बढी सुरक्षित रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । महिला भन्दा पुरुषालई बन्याकरण गराउदा सजिलो हुने भए पनि पुरुषहरुले महिलालाई नै बन्याकरण गराउन अघि सार्ने गरको भन्डारीले बताईन ।
स्वास्थ्य कार्यालय कपिलवस्तुका वरिष्ठ जनस्वास्थ्य अधिकृत नारायणप्रसाद चौधरीले बिभिन्न भ्रमका कारण पुरुषहरु बन्याकरण गराउन अकर्षित नभएको बताए । जिल्लाको महाराजगञ्जमा ४५, बुद्धभूमिमा ४१, कपिलवस्तुमा ३५, बाणगङ्गामा २३, शिवराजमा ३५, कृष्णनगर नगरपालिकामा १२ र विजयनगरमा २५, मायादेवीमा २१, यशोधरामा २५ र शुद्धोधन गाउँपालिकामा १५ जनाले शिविरमा स्थायी बन्ध्याकरण गराएका छन् । शिविरमा मुस्लिम समुदायको बन्ध्याकरण गर्नेको सङ्ख्या शून्य छ ।

प्रकाशित : १७ फाल्गुन २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६