अर्थ-वाणिज्य

असल बुहारी सम्मानित हुदा सकारात्मक प्रभाव



पाल्पा १७ फागुन ।तानसेन नगरपालिका–१३ ले असल बुहारी र महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानित गरेको छ । तानसेन नगरपालिका–१३ को सहयोग र वडा स्तरीय महिला समन्वय समितिको आयोजनामा महिला तथा बालबालिकाको क्षमता अभिवृद्धि अन्तर्गत सम्मान, खेलकुद तथा विविध कार्यक्रममा सम्मानित गरेको हो । तानसेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा गाहाले पछिल्लो समयमा ज्येष्ठ नागरीकलाइ हेला गर्ने स्याहार सुसार नगर्नेजस्ता घटना बढ्दैगएका बेला यस्ता कार्यक्रमले बुहारी र सासु ससुराबिच आपसी माया हेर्ने दृष्टिकोण र जिम्मेवारीबोध हुने भएकाले सकारात्मक प्रभाव पर्ने र बुहारीलाई थप हौसला मिल्ने बताउनुभयो ।

कार्यक्रम अन्तर्गत ११ जना असल बुहारी र १ जना उधमशील महिलालाई सम्मान गरिएको हो । कार्यक्रममा ९ जना महिला स्वास्थ्य स्वयंसेविकालाई प्रमाणपत्र, खादा र मालाले सम्मान गरिएको वडा सदस्य गीता भट्टराईले जानकारी दिनुभयो । सो अवसरमा विभिन्न थरिका खेलकुद प्रतियोगितामा विजयी भएकालाई पुरस्कार प्रदान गरिएको भट्टराइले जानकारी दिनुभयो । कार्यक्रममा १ हजार दिनका महिलालाई पोषण तत्वस्वरूप अण्डा, लिटो वितरण गरिएको छ ।

प्रकाशित : १७ फाल्गुन २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६