अर्थ-वाणिज्य

मन्त्रिमण्डल पुनर्गठन गर्ने समझदारी जुटयो



काठमाडौं १८ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्री फेर्ने विषयमा उपसभापति र महामन्त्रीसँग छलफल गरेका छन्।बिहीबार बूढा नीलकण्ठस्थित निवासमा उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका हुन्।
मन्त्री फेरबदल, पछिल्लो राजनीतिक घटनाक्रम, महासमिति बैठकका निर्णय र उठेका सुझाव लगायतका विषय उठेको स्रोतले बताएको छ।बुधबार नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेपछि विकसित राजनीतिक घटनाक्रमबारे देउवाले छलफल गरेका हुन्।
बुधबार बेलुका प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले पठाएको उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको टिमबीच भएको छलफलमा मन्त्रिमण्डल पुनर्गठन गर्ने समझदारी जुटेको बताइएको छ।
मन्त्री फेर्ने विषयमा महामन्त्रीसहित छलफल गरेर टुंगो लगाउने खड्काले जवाफ दिएका थिए। सोही अनुसार सभापति देउवा निवासमा चार पदाधिकारी जुटेका हुन् सभापतिजीले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्नुभएको छ,’ देउवा निकट स्रोतले भन्यो, ‘पछिल्लो विकसित राजनीतिक घटनाक्रमको विश्लेषण हुने नै भयो।’

कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा नेता कृष्णप्रसाद सिटौलालाई अगाडि सार्ने तयारी गरेको छ। सत्तागठबन्धन दलबीच सिटौलालाई अध्यक्ष बनाउने सहमति पनि जुटेको बताइएको थियो। तर, माओवादीले राष्ट्रिय सभामा उम्मेदवारी नै दिने औपचारिक निर्णय गरेपछि कांग्रेसले आन्तरिक छलफल तीव्र बनाएको छ।

नेताहरूसँग देउवाले पूर्ववर्त सहमति यताउता नहुने बताएका छन्।उनले प्रधानमन्त्री प्रचण्डसँग आफ्नो निरन्तर संवाद रहेको समेत जानकारी गराएका छन्।कांग्रेसले फागुन २० गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको छ।

महासमिति बैठकमा उठेका सुझावलाई समेटेर उपसभापति पूर्णबहादुर खड्काको नीति प्रतिवेदन, महामन्त्री थापाको सांगठनिक प्रतिवेदन र अर्का महामन्त्री शर्माको समसामयिक राजनीतिक विषय समेटिएको प्रतिवेदन परिमार्जनसहित पारित गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको हो।कांग्रेसको फागुन ७–१० मा ललितपुरको गोदावरीमा बसेको महासमिति बैठकले आगामी चुनावमा गठबन्धन नगर्ने थापाको प्रस्तावलाई पारित गरेको छ।यही विषयले सत्ताको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रमा हलचल पैदा गरेको छ।
कांग्रेस निर्णय लगत्तै मााओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार उठाउने निर्णय गरेको छमाओवादी निर्णयबारे सभापति देउवासँग नेताहरुले जिज्ञासा राखेका थिए।देउवाले गठबन्धनमा समस्या नपर्ने जवाफ दिएका छन्।

प्रकाशित : १८ फाल्गुन २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६