खोज–अनुसन्धान

तौलिहवामा सामुदायिक कुकुर बन्ध्याकरण अभियान

कपिलवस्तु नगरवाट नयाँ थालनी




कपिलवस्तु १८ फागुन।कपिलवस्तुको तौलिहवामा सामुदायिक कुकुर बन्ध्याकरण अभियान सुरु गरिएको छ । हार्ट नेपाल ( हिमालयन पपुलेशन रेस्क्यु ट्रस्ट ) को प्राबिधिक सहयोग र भेट्नरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रको अयोजनामा अभियान सुरु गरिएको हो । केन्द्रको अगुवाईमा यो अभियान जिल्ला मै पहिलो पटक गरिएको हो । जिल्ला समन्वय समिति का प्रमुख बाबुराम आचार्यले ब्यानर पढेर कार्यक्रमको शुभारम्भ गर्दै अभियानले कुकुरका कारण हुने रेबिज रोगको नियन्त्रणकालागि भुमिका खेल्ने बताए । उनले यस्तो अभियान सबै पालिकाहरुले गर्नु पर्नेमा जोड दिदै रेबिज रोग बिरुद्धको भ्रम चिर्नकालागि समेत जन चेतना फैलाउन जरुरी रहेको बताए ।
बन्ध्याकरण पछि ककुरको संख्या नियन्त्रणमा आउने, ककुरहरु आक्रमक नहुने भएकाले यो अभियान चलाइएको बताए । कुकरको संख्या घटे भने दुर्घटना समेत कम गर्न मद्दत मिल्ने उनले बताए । अभियानमा तौलिहवामा रहेका डेढ सय कुकुरको बन्ध्याकरण पछि रेबिज बिरुद्ध सुइ लगाइने उनले बताए हार्ट नेपालका चन्द्र राईको नेतृत्वमा १२ जनाको टोलीले संकलन र बन्ध्याकरणको काम जारी राखेको छन । हार्ट नेपालका पशु चिकित्सक मनोज पौडेलले संकलन गरिएका कुकुरलाई बेहोस पारेर भाले र पोथी दुबैको बन्ध्याकरण गरिने बताए ।अभियान ३ दिन सम्म चल्ने छ ।

प्रकाशित : १८ फाल्गुन २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६