खोज–अनुसन्धान

भैरहवावाट १ वर्षमा १६७ को सीमा पारगर्दा गर्दै उद्धार




रुपन्देही १८ फाल्गुन । मानव बेचबिखनविरुद्ध कार्यरत संस्था माइती नेपाल भैरहवा शाखाले एक वर्षमा बेचबिखनको जोखिममा परेको भन्दै १ सय ६७ जना महिला तथा किशोरीलाई विभिन्न सीमानाकाबाट उद्धार गरेको छ ।उक्त शाखाकी प्रमुख माया क्षेत्रीले सन् २०२३ मा बेचबिखनमा परेका भारतको विभिन्न स्थानबाट ४ जना, तेश्रो मुलुक कुवेतबाट १ जनाको उद्धार गरी रुपन्देही जिल्ला अदालतमा मानव बेचबिखनको एउटा मुद्दा दर्ता गरिएको बताइन् ।
उनका अनुसार, बेचबिखनमा परेकामध्ये ९० प्रतिशत वैदेशिक रोजगारीका नाममा जाने परेका छन् । माइती नेपाल भैरहवा शाखाले, सन् २०२३ मा रुपन्देहीको बेलहिय लगायतका सीमानाका हुँदै वैदेशिक रोजगारी र अर्केस्ट्रामा जान लागेका ७ हजार २ सय ५८ जना किशोरी, महिला तथा युवतीलाई मानव बेचबिखन र वैदेशिक रोजगारीका लागि सुरक्षित आप्रवासनका बारेमा परामर्श दिएको थियो ।वैदेशिक रोजगारीका लागि पासपोर्ट बनाउन जिल्ला प्रशासन कार्यालयमा पुगेका १ हजार २ सय ५८ जनालाई जिल्ला प्रशासन कार्यालयस्थित माइती नेपालको इकाईबाट परामर्श दिइएको छ ।

प्रकाशित : १८ फाल्गुन २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६