अर्थ-वाणिज्य

सीप विकासमा बाणगंगा नगरको बार्षिक ३ करोड लगानी




सरिता थारु
कपिलबस्तु १९ फागुन
बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले बार्षिक करिब ३ करोड रुपैया लक्षित बर्गका निम्ती सीप विकास तथा क्षमता अभिबृद्धि कार्यक्रमका लागि खर्च हुने गरेको बताउनुभएको छ । नगरको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाबाट महिला, बालबालिका, जेष्टनागरिक लगाएतको क्षेत्रमा सीप विकास तथा क्षमता अभिबृद्धिका लागि करिब ३ करोड रुपैया खर्च हुनेगरेको बताउनुभयो ।
अपांगता भएका महिला तथा अभिभावकहरुका लागि क्षमता विकास डलकुशन बनाउने तालिमको समापन गर्दै यस्तो बताउनुभएको हो । बिगतका बर्षहरुमा महिलाहरुको लागि क्रिष्टलका चुरा , पोते , जुत्ता , डलकुशन र सिलाईकटाईको तालिम संचालन गरेको गरेको बताउदै हाल सम्म नगर भित्रका करिब ५ हजार देखि ६ हजार जनाले सीप मुलक तथा क्षमता विकासका तालिम लिइसकेको बताउनुभयो । यद्यपी ति तालिम लिएका मध्ये नगन्य व्यक्तले मात्रै आर्थिक आयआर्जन गरेको भन्दै दुखेसो व्यक्त गर्नुभयो । तालिमलाई आयआर्जन संग नजोड्दा नगरको पैसा खेर गएको बताउदै सीपलाई आर्थिक आयआर्जनको रुपमा जोड्न समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा अपांग उत्थान समाजका निर्वतमान अध्यक्ष हेमनाथ ज्ञवाली, पुर्व व्यवस्थापक ढाकाराम अधिकारी लगाएतले बोल्दै तालिमले एउटा बाटो मात्र देखाउने भएको हुँदा तालिम पश्चात ब्यबसायी बन्छु भन्ने हिम्मत लिए व्यवसायिक रुपमा अगाडी बढाउन आग्रह गर्नुभयो । तालिममा सहभागिहरुलाई नगर प्रमुख चक्रपाणी अर्यालद्वारा प्रमाण पत्र हस्तान्तरण गरिएको थियो । १२ दिन सम्म संचालन भएको तालिममा अपांगता भएका तथा अभिभावकहरु गरि तालिममा १५ जना महिलाहरुको सहभागिता रहेको थियो ।

बाणगंगा नगरपालिकाको आर्थिक सहयोग तथा अपांग उत्थान समाज कपिलबस्तुको आयोजनामा तालिम सम्पन्न भएको हो । संस्थाका अध्यक्ष कमल प्रसाद ढुंगानाको अध्यक्षता, उपाध्यक्ष नन्दकिशोर यादवको स्वागत मन्तव्य तथा व्यवस्थापक गोमा पन्थीको संचालनमा भएको कार्यक्रममा, प्रशिक्षक पशुपती थारु, सहभागि टिका पोख्रेल लगाएतले बोल्नुभएको थियो ।

प्रकाशित : १९ फाल्गुन २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६