अर्थ-वाणिज्य

२० रुपियाँबाट शुरु भएको सहकारीको कारोवार २५ करोड

४ हजार शेयर सदस्य , ५० लाई प्रत्येक्ष रोजगारी




कपिलवस्तु १९ फागुन ।वाणगंगा नगरपालिका वडा नं ५ मा रहेको माउण्ट एभरेष्ट वचत तथा ऋण सहकारीले २० रुपियाँबाट शुरु गरेकोमा हाल२५ करोडको कारोवार गर्दै आएको छ । २० जना युवाहरुले प्रति व्यक्ति २० रुपियाका दरले वचत गर्दै शुरु गरेको उक्त सहकारीले आर्थिक रुपमा फड्को मार्न सफल भएको हो । सहकारीले वाणगंगा नगरपालिका र कपिलवस्तु नगरपालिकाका केही वडाहरुमा काम गर्दै आएको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न विधामा सम्मान गरेको छ । जसअन्तरगत असल ऋणी , सफल उद्यमी , ज्येष्ठ नागरिक , असल वचत कर्ता , नियमित वचत सम्मान तथा पुरस्कृत गरेकोछ । त्यस्तै गरि शेयर सदस्यका एसइईमा उत्कृष्ट हुने छोराछोरीहरुलाई पुरस्कृत गरेको छ । सहकारीले ज्येष्ठ नागरिकलाई सम्मान रुवरुप तिर्थास्थल भ्रमण ,वचतकर्ताहरुलाई दिगो वचत , सहकारी अवलोकन भ्रमण , सहकारी शिक्षा कार्यक्रम लगायतका थुप्रै कार्यक्रमहरु गर्दै आएका संस्थाका अध्यक्ष युवराज पोख्रेलले बताउनु भयो ।संस्थाले दुध उत्पादन , गाई फर्म ,भैसी फर्म , किराना पसल , ग्रिल उद्योग , फेन्सी पसल , पुस्तक पसल , बैदेशीक रोजगारी , विद्यार्थीहरुको अध्ययन लगायतका काम गर्दै आएको छ ।

२०५० सालमा स्थापना भई अनौपचारिक रुपमा समुह बनाई समुदायमा सहकारी मोडलले काम गर्दै आए पनि २०५५ सालमा औपचारीक रुपमामा दर्ता भई सहकारीको रुपमा कारोवार गर्दै आएको छ । २० जना युवाहरुले प्रति व्यक्ति २० रुपियाका दरले वचत गर्दै उक्त सहकारी स्थापना गरेकोमा हाल ४ हजार ४५ सय शेयर सदस्य रहेका छन । जसमा पुरुष १९५६ र महिला २ हजार ८९ रहेका छन । हाल सहकारीमा करिब ५० जनाले प्रत्येक्ष रोजगारी पाएका छन । संस्थाका शेयरसदस्यहरुलाई उत्पादनमा जोडेर व्यवसायीमुखी बनाउने भावी दिनको योजना रहेको अध्यक्ष पोख्रेलले बताउनु भयो ।

प्रकाशित : २० फाल्गुन २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६