खोज–अनुसन्धान

दुई राज्यमन्त्रीको पद रिक्त :नैतिकता ख्याल नगरेमात्र पदमा बहाली



काठमाडौँ २० फागुन । दुई राज्यमन्त्रीको पद आइतबार राती १२ बजेदेखि रिक्त हुँदै छ । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाई र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमीला कुमारीको पद रिक्त हुन लागेको हो ।उनीहरू आइतबार राती १२ बजेदेखि राष्ट्रिय सभा सदस्यबाट बिदाइ हुँदै छन् । सांसद पदबाट हटेसँगै उनीहरूको राज्यमन्त्री पद पनि रिक्त हुन लागेको हो । नेपाल सरकारको मन्त्री हुनका लागि सङ्घीय संसद्को सदस्य हुनुपर्ने संवैधानिक व्यवस्था छ।

संविधानको धारा ७७ मा सङ्घीय संसद्को सदस्य नभएको अवस्थामा प्रधानमन्त्री तथा मन्त्रीको पद रिक्त हुने व्यवस्था छ । तर, संविधानको धारा ७८ मा सङ्घीय संसद्को सदस्य नभएको व्यक्ति पनि मन्त्री हुने व्यवस्था छ । धारा ७८ को उपधारा १ मा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा सङ्घीय संसद्को सदस्य नभएको व्यक्तिलाई पनि मन्त्री पदमा नियुक्त गर्न सक्ने व्यवस्था छ । उपधारा २ र ३ अनुसार मन्त्रीमा नियुक्त व्यक्ति ६ महिनाभित्र सङ्घीय संसद्को सदस्य हुन नसकेमा सो व्यक्ति पुन मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन भन्ने व्यवस्था छ । यो व्यवस्था अनुसार बिदा हुन लागेका राज्यमन्त्रीलाई प्रधानमन्त्रीले पुनः राष्ट्रपतिलाई सिफारिस गरेमा ६ महिनासम्म राज्यमन्त्री बन्न सक्छन् । तर, यसबारे अहिलेसम्म कुनै निर्णय भएको छैन ।

चपाई २०८० वैशाख ३ मा र प्रमीला २०८० जेठ ९ मा राज्यमन्त्रीमा नियुक्त भएका थिए । चपाई नेकपा एकीकृत समाजवादी र प्रमीला जनता समाजवादी पार्टीकी सांसद हुन् ।

प्रकाशित : २० फाल्गुन २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६