कृषि

डान लुम्बिनी प्रदेशको ७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन



भैरहवा २० फागुन । डेमोक्रेटिक एग्रिकल्चरिस्ट एसोसिएसन नेपाल (डान), लुम्विनी प्रदेशको प्रादेशिक भेला तथा दोस्रो प्रदेश अधिवेशन भैरहवामा सम्पन्न भएको छ।अधिवेशनले डान लुम्बिनी प्रदेशको ७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ। गहुँबाली अनुसन्धान कार्यक्रमका वैज्ञानिक लक्ष्मण अर्याल संयोजक रहेको समितिमा एनसीडीसी दाङका कृषि कार्यक्रम संयोजक शशांकबाबु आचार्य सह-संयोजक, गुल्मीका कृषि विज्ञ संदेश भण्डारी सचिव, पक्लिहवा कृषि क्याम्पसकी उपप्राध्यापक पूजा थापा कोषाध्यक्ष रहेका छन् भने सदस्यहरुमा पक्लिहवा कृषि क्याम्पसकै उपप्राध्यापक डाक्टर अनु दुवाल, कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख सन्तोष चौधरी तथा माण्डवी गाउँपालिका प्युठानका कृषि अधिकृत सनत केसी रहेका छन्।

डान लुम्बिनीका संयोजक नवराज भण्डारीको अध्यक्षता एवम् लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर नहकुल केसीको प्रमुख आतिथ्यता तथा नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँड र नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति सुशील गुरुङको विशिष्ट आतिथ्यतामा भएकाे कार्यक्रमका प्रमुख अतिथी केसीले पार्टीमा ल्याटरल इन्ट्रीको व्यवस्था गरि बिज्ञलाई पार्टीमा उचित भुमिका दिदा पार्टी र देश दुबैलाइ फाइदा हुने जनाएका छन् । त्यस्तै विशेष अतिथि रामकृष्ण खाणले डानलाई पेशाको हकहित र मर्यादा कायम गर्नुपर्ने जिम्मेवारी रहेको बताए । कार्यक्रमका अध्यक्ष नवराज भण्डारीले डानले आगामी दिनहरुमा प्रदेशको कृषि सम्बन्धि विविध योजना सहित योजना आयोगलाइ बुझाउने बताएका छन् ।

प्रकाशित : २० फाल्गुन २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६