अर्थ-वाणिज्य

ओली रवि र प्रचण्ड बीच वालुवाटारमा छलफल




काठमाडौँ २० फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने लगायतका नेताहरू बालुवाटार पुगेका छन् । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफलका लागि उनीहरू छुट्टाछुट्टै बालुवाटार पुगेका हुन् । ओली निकट स्रोतले आइतबार साँझ बालुवाटारमा प्रचण्डसँग छलफल भएको पुष्टि गर्‍यो । सत्ता गठबन्धनमा खटपट बढेपछि नेताहरूको तीव्र दौडधुप बढेको छ । राष्ट्रियसभा अध्यक्षको निर्वाचनअघि सत्ता समीकरण परिवर्तन हुनसक्ने चर्चाका बिच राजनीतिक गतिविधि ह्वात्तै बढेको छ ।

यसअघि आइतबार बिहान ओली र प्रचण्डबिच भेट भएको थियो । आजै एमाले, माओवादी र कांग्रेसले आन्तरिक छलफल पनि गरेका छन् भने कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीसँग समेत छलफल गरेका छन् । राष्ट्रियसभा अध्यक्ष कांग्रेसलाई दिन नसकिने भन्दै माओवादीले एमालेसँग सहकार्यको हात अघि बढाएको छ । सोही बुझेर कांग्रेसले टीआरसीको विषयमा अड्को थापिसकेको छ । यस विषयमा छलफलका लागि थप समय चाहिने भन्दै कानुन समितिको बैठकमा थप समय मागेर कांग्रेसले टीआरसी लम्ब्याउने नीति लिएको हो।

प्रकाशित : २० फाल्गुन २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६