अर्थ-वाणिज्य

गठबन्धन टुटनुपर्छ र नयाँ आधार तयार हुनुपर्छ : पौडेल




धनुषा २० फागुन । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले लेनदेनमा आधारित गठबन्धन लामो समयसम्म चल्न नसक्ने बताएका छन्।धनुषाको महेन्द्रनगरमा जारी राष्ट्रिय महिला हक्की प्रतियोगिताको समापन कार्यक्रममा सहभागी हुन आएका उपाध्यक्ष पौडेलले वर्तमान गठबन्धन कुनै उद्देश्य, सिद्धान्त र आदर्शमा आधारित नभई स्वार्थ र लेनदेनमा आधारित रहेको बताए।स्वार्थ र लेनदेनमा आधारित गठबन्धन लामो समयसम्म चल्न नसक्ने उनको भनाइ छ।

‘हामी के चाहन्छौं भने देशलाई स्थिरता, विकास र समृद्धितर्फ लिएर लग्नको लागि राष्ट्रको सम्मान र स्वभिमानको लागि यो गठबन्धन टुटनुपर्छ र त्यसलाई अगाडि बढाउन नयाँ आधार तयार हुनुपर्छ, ‘ उपाध्यक्ष पौडेलले भने।वर्तमान गठबन्धनलाई तोडेर नयाँ गठबन्धन बनाउने सोंचमा एमाले नरहेको जनाउँदै उनले यो गठबन्धन टुट्नु पर्ने बताए।उपाध्यक्ष पौडेलले एमाले सरकारमा हुँदा देशमा अर्थतन्त्रमा कुनै समस्या नदेखिएको, सबै सूचक राम्रै रहेकोमा वर्तमान गठबन्धनको समयमा अर्थतन्त्रमा चौतर्फी समस्या देखिएको बताए।उनले अर्थतन्त्रमा देखिएको समस्या वर्तमान सरकारसँग समाधान हुने आश गर्न नसकिने बताए।

प्रकाशित : २० फाल्गुन २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६