अर्थ-वाणिज्य

बाणगंगावाट भूमिहिन सुकुम्वासीकालागि जग्गा नाँपजांचको थालनी



सरिता थारु
कपिलबस्तु २१ फागुन ।बाणगंगा नगरपालिका अन्तरगत रहेका भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीहरुको जग्गा नाप जांचको काम आज आईबारबाट शुभारम्भ भएको छ । नगरभित्र रहेका भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीहरुको जग्गा नाप जांचको काम वडा नं. ६ बाट शुभारम्भ गरिएको हो । पालिका भित्र करिब ९ हजार भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीहरु रहेका छन् । उनीहरुले भरेको फारम अनुसार नगरापलिकाले प्रकृया पुरा गरि भुमि आयोगमा अनुमति माग गरेको थियो । अनुमती पाएपछि मात्र नामजांजको कार्य शुभारम्भ गरिएको नगरप्रमुख चक्रपाणी अर्यालले बताउनुभयो ।

कार्यक्रममा भुमि आयोग कपिलबस्तुका अध्यक्ष शिव पौडेलले भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीहरुको समस्या समाधानका निम्ती सबै मिलेर राज्यलाई निति निमार्णका निम्ती दबाब दिनुपर्ने बताउनुभयो ।यस्तै कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले भुमिहिन सुकुम्बासीहरुको समस्या समाधानका निम्ती भुमि आयोग, स्थानीय सरकार र सरोकारवालाहरुको समन्वयमा नापचाजंको काम सुरु भएको बताउनुभयो ।यता कानुनी जटिलताका कारण भुमिहिन सुकुम्बासीहरुको समस्या समाधानमा असहजता भएको जिल्ला बन कार्यालय कपिलबस्तुका डिएफओ विजयराज सुवेदीले बताउनुभयो ।
नापजांजको काम जिल्ला नापी कार्यालय कपिलबस्तुका अधिकृत यमनारायण पाण्डेको टोलीले गरिरहेको छ । कार्यक्रममा नगर उप्रमुख रिता कुमारी थारु, राजनितिक दलका तर्फबाट नेपाली कांग्रेसका नगरसभापती विष्णु थापा, राष्टिय भुमि अयोग कपिलबस्तुका सदस्य नरेन्द्रमान केसी लगाएतले बोल्नु भएको थियो । कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष करुण टण्डन, ५ का वडा अध्यक्ष दुनिका भुषाल, नगरपालिकाका कर्मचारीहरु लगाएत स्थानीय सरोकारवालाहरुको उपस्थीतीमा यो कार्यक्रमको सुभारम्भ गरिएको छ ।

प्रकाशित : २१ फाल्गुन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६