अन्तर्राष्ट्रिय

वल्ड च्याम्पियन खेलाडी गिरी वाणगंगा नगरपालिकाद्धारा सम्मानित



कपिलवस्तु २१ फागुन ।वल्र्ड च्याम्पियन खेलाडि जिवन गिरीलाइ वाणगंगा नगरपालिकाले सम्मान गरेको छ । भारतको हैदरावाद लाल बहादुर शास्त्री स्टेडियममा पुष २ गते देखि पुषको ५ गतेसम्म चलेको १०औँ विश्व स्टेन्थलिफ्टीङ्ग तथा इक्लाईन बेन्च प्रेस च्याम्पियनशीपमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै ११५ के.जी. सिनियर आई. बि पि.मा प्रथम स्थान प्राप्त गर्नु भएको सो अबसरमा वाणगंगा नगरपालिकाले गिरीलाई आइतबार सम्मान गरेको हो ।

सम्मान गर्दै वाणगंगा नगर प्रमुख चक्रपाणि अर्यालले कपिलबस्तुमा जन्मिनु भएका जिवन गिरीले खेलकुदको माध्यमबाट विश्व सामु नेपालको नाम उचो बनाउनु सफल भएकोमा उहाँको योगदानको कदर गदै शुभकामना दिनु भयो । वल्ड च्याम्पियन गिरीले नगरको सम्मान प्रति आभारी रहेको बताउदै आगमी दिनमा अझ हौसाला र प्रेरणा मिल्ने बताउनु भयो । सम्मान कार्यक्रममा वाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय भक्तिराम मरासिनी,स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल,योजना शाखा प्रमुख शान्ता राज आचार्य लगाएको सहभागिता रहेको थियो ।

प्रकाशित : २१ फाल्गुन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६