भैरहवा २२ फागुन।संघमा नयाँ गठबन्धन बनेपछि फागुन २८ र २९ लुम्बिनीमा हुने भनिएको ‘बालबालिका, विकास र शान्तिका लागि लरियट्स एन्ड लिडर्स अन्तराष्ट्रिय चौथो शिखर सम्मेलन’ स्थगित भएको छ ।मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सम्मेलन स्थगितसम्बन्धी औपचारिक निर्णय गर्न मंगलबार ११ बजे मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् । सम्मेलन स्थगितसम्बन्धी मन्त्रिपरिषद्को बैठकले औपचारिक निर्णय गर्न लागेको लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष नहकुल केसीले बताए ।
मुख्यमन्त्री चौधरीले संघीय सरकारमा राजनीतिक समीकरण फेरिएसँगै लुम्बिनीको शिखर सम्मेलन पनि स्थगित गर्ने अवस्थामा पुगेको बताए ।
लुम्बिनी प्रदेश सरकारको असोज १८ गतेको निर्णय र संघीय सरकारको कात्तिक २ गतेको निर्णय अनुसार लुम्बिनी प्रदेश सरकारले यही फागुन २८ र २९ गते ‘बालबालिका, विकास र शान्तिका लागि लरियट्स एण्ड लिडर्स अन्तराष्ट्रिय चौथो शिखर सम्मेलन’ गर्न लागेको थियो । सम्मेलनमा सम्मेलनमा ९ जना नोबेल पुरस्कार बिजेतासहित विभिन्न देशका राष्ट्र प्रमुख, पूर्व प्रधानमन्त्रीसहित १८ जना विशिष्ट अतिथि आउने निश्चित भएको थियो ।
फोटो ः
प्रतिक्रिया