अर्थ-वाणिज्य

सानासिंचाइ आयोजनाको मन्त्री यादवद्वारा अनुगमन




वाँके २२ फागुन । लुम्बिनी प्रदेशका कृषि मन्त्री भण्डारीलाल यादवले खजुरा गाउँपालिकामा कतार च्यारिटी नेपालको सहयोगमा सञ्चालित साना सिंचाइ आयोजनाहरुको अनुगमन गर्नुभएको छ ।
किसानको खेतबारीमै पुगेर सिंचाई आयोजनाको अनुगमन गर्नुभएका मन्त्री यादवले आर्थिक अनुकुलनका लागि खाद्यान्न उत्पादन बढाउन कृषक समूहलाई पशुपन्छी तथा अन्य कृषि उपकरण सहयोग उपलब्ध गराउन आवश्यक पहल गर्ने आश्वासन दिनुभयो । उहाँले सिंचाइ आयोजनाले गर्दा खेतमा उत्पादन भएका टमाटर, काँक्रो, खुर्सानी, मेवा, करेला, लौका हरियो मटर जस्ता विभिन्न प्रकारका तरकारीको अवलोकन पनि गर्नुभयो ।
विदेशी दातृ निकायको सहयोगको राम्रो सदुपयोग गरिएको पाईएको जनाउँदै उहाँले प्रदेश सरकारले पनि किसानलाई उत्पादन बढाउन विभिन्न सहयोग गर्ने योजनाहरु बनाईरहेको बताउनुभयो । अनुगमनअघि मन्त्री यादवले आयोजनाका लाभार्थी किसानहरूसँग भेटघाट गरी तरकारी खेतीमा उनीहरूको संलग्नता र आवश्यक थप कृषि सहयोगका बारेमा अन्तरक्रिया गर्नुभएको थियो ।
बाँके युनेस्को क्लबको साझेदारीमा कतार च्यारिटी नेपालले सहयोग गरेको सानो सिँचाइ आयोजनाको प्रतिफल देखेर धेरै खुसी लागेको जनाउँदै उहाँले किसान समूहलाई आर्थिक सशक्तिकरणको लागि यो सहयोगले सक्षम बनाएको बताउनुभयो ।
अनुगमन टोलीमा रहनुभएका खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले सिंचाइ आयोजनाको सहयोगपछि गरिएको तरकारी खेती देखेर आफु पनि धेरै प्रभावित भएको जनाउँदै यसले गरिब किसान समूहलाई ठुलो टेवा दिएको बताउनुभयो ।
फोटो ः

प्रकाशित : २२ फाल्गुन २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६