अर्थ-वाणिज्य

कपिलवस्तुका एकमात्र कुसुण्डा गुञ्जवहादुर यतिबेला सबै भन्दा खुशी

सुकुम्वासी अव जग्गा धनी बन्दै




भगवती न्यौपाने
कपिलवस्तु २२ फागुन । बाणङ्गगा नगरमा आफु १ मात्र अल्पसंख्यक कुसुन्डा परिवार रहेको बताउने गुन्जबहादुर कुसुन्डा यतिबेला जिवनमै सबै भन्दा खुशी हुनुहुन्छ ।उहाँ वडा नम्बर ६ को बासिन्दा भएको र आफु भए कै वडाबाट जग्गा नाप जांचको काम सुरु भएकाले अब आफु भुमिहिन नबन्ने भन्दै यस्तो बताउनु भयो ।लाम्रो समय देखि राष्ट्यि भुमिआयोग कपिलवस्तुले बाणगंगा नगरपालिकाका भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा नाप जांच गरि जग्गा दिने भनिएता पनि काम हुन नसक्दा निरास बनेका वाणगंगाबासीहरुले वडा नम्बर ६ बाट काम सुरु भए सँगै राहातको शास फेरेका छन् । नगरको वडा नं. ६ मा आईबारबाट नाप जांच औपचारिक शुभारम्भ भए सँगै स्थानियहरुले अब लालपुर्जा पाईने भयो भन्ने खुसि व्यक्त गरेका छन् । सोहि मध्येका हुनुहुन्छ स्थानिय नवराज शर्मा ।
दलित, विपन्न केहि नभएकाहरुका लागि पनि सरकारले जग्गा दिने भनेको र जग्ग नापन्न टोलि आएकोले आफु अत्यान्तै खुसि भएको दलित महिला लक्ष्मी कामीको भनाइ छ । यसरी वाणगंगा नगरपालिकाका वडा नम्बर ६ मा पहिलो पटक काम सुरु भएकोमा वडा अध्यक्ष करुण टण्डनले भन्नु भयो वडा नम्बर ६ मा विवादित जग्गा जमिन छैनन् ।यहाँ बास्तबमा धेरै सुकुम्बासी बसेका छन् । उनीहरुलाई नापनक्सा गरेर जग्गा दिन सहज छ भन्ने ठम्माई भुमिआयोगले गरेकोले यस वडाबाट नापजांचको काम सुरु भएको हो । आफनो वडा छनोटमा पहिलोमा परेकोमा खुसि व्यक्त गर्नु भयो । नाप जाचको औपचारिक शुभारम्भ नगर प्रमुख चक्रपाणी अर्यालले आईतबार गर्नु भएको हो । उहाँले शुभारम्भ सँगै यो क्रम नरोकिने र हरेक वडामा यहि टोलि क्रमश पुग्दै समस्या समाधान हुने बताउनु भयो । यता नगरका ११ वडामा भुमिहिन दलित ७९३ परिवार रहेका छन् । भने भुमिहिन सुकुम्बासी २८९१ र अव्यवस्थित बसोबासीहरु ६०७५ परिवार गरी कुल ९७५८ परिवार रहेका छन् ।
जसमा वडा नम्बर ६ मा भुमिहिन दलित ५७ सुकुम्बासी ५९ र अव्यवस्थित बसोबासीहरु १९८ गरि जम्मा ३१४ रहेको छन् । वडा नम्बर ७ मा भुमिहिन दलित ३४ सुकुम्बासी ३६२ र अव्यवस्थित बसोबासीहरु ६३१ गरि जम्मा १०२७ रहेका छन् । वडा नम्बर ८ मा भुमिहिन दलित १७६ सुकुम्बासी ४४२ र अव्यवस्थित बसोबासीहरु ६८० गरि जम्मा १२९८ छन् । वडा नम्बर ९ मा भुमिहिन दलित ७४ सुकुम्बासी ८१ र अव्यवस्थित बसोबासीहरु ४३६ गरि जम्मा ५११ छन् ।वडा नम्बर १० मा भुमिहिन दलित ८५ सुकुम्बासी ५२४ र अव्यवस्थित बसोबासीहरु ९८५ गरि जम्मा १५९४ छन् । वडा नम्बर ११ मा भुमिहिन दलित ७९ सुकुम्बासी २६६ र अव्यवस्थित बसोबासीहरु ६६४ गरि जम्मा १००९ छन् । यसैगरी वडा नम्बर १ मा भुमिहिन दलित ७६ सुकुम्बासी १९६ र अव्यवस्थित बसोबासीहरु ३७९ गरि जम्मा ६५१ रहेको छन् ।वडा नम्बर २ मा भुमिहिन दलित १२० सुकुम्बासी ५६७ र अव्यवस्थित बसोबासीहरु ७९३ गरि जम्मा १४८० छन् ।
वडा नम्बर ३ मा भुमिहिन दलित ४० सुकुम्बासी २१६ र अव्यवस्थित बसोबासीहरु ४५६ गरि जम्मा ७१२ परिवार छन् ।वडा नम्बर ४ मा भुमिहिन दलित ३३ सुकुम्बासी ८५ र अव्यवस्थित बसोबासीहरु ६३६ गरि जम्मा ७५४ छन् ।वडा नम्बर ५ मा भुमिहिन दलित १९ सुकुम्बासी ९३ र अव्यवस्थित बसोबासीहरु २१६ गरि जम्मा ३२८ परिवार रहेका छन् ।नापजांजको काम जिल्ला नापी कार्यालय कपिलबस्तुका अधिकृत यमनारायण पाण्डे नेतृत्वको टोलीले गरिरहेको छ ।

प्रकाशित : २३ फाल्गुन २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६