अन्तर्राष्ट्रिय

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा १५ दिने कफि वारिस्ता तालिमको समापन



पशुपति गिरी,बाणगंगा ।

युवा स्वरोजगार व्यवसायी समृद्धी ,पर्यटन प्रवद्र्धन हाम्रो अभियान भन्ने मुल नाराका साथ होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको आयोजना तथा बाणगंगा नगरपालिकाको आर्थिक सहयोगमा १५ दिने कफि वारिस्ता तालिमको आज समापन भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले कफी वारिस्ता तालिमलाई रोजगारमुखी बनाउन सकेमा पालिकाबाट आगामी दिनमा एडभान्सको रुपमा थप बजेट बिनियोजन गर्ने प्रतिवद्धता समेत जनाउनु भयो । उहाँले खालि बस्दै आएका र रोजगारको खोजीमा बसेका नगरका युवायुवतीहरुलाई सिपमुलक तालिमको माग गर्नका लागि दिनरात खटने होटल तथा पर्यटन व्यवसायी संघको काम प्रसंशायोग्य भएको बताउनु भयो ।

त्यसैगरी बाणगंगा नगरपालिका महिला तथा बालबालिका शाखाकि प्रमुख शुशिला पन्तले दैनिकि सग जोडिएका बिषयबस्तुलाई सिप सग नजोडे आर्थिक उपार्जन गर्न नसक्ने बताउदै तालिमलाई रोजगारमुलक बनाउन पर्नेमा जोड दिनु भयो । उहाँले राम्रो कफी खानका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्दै बजारको माग अनुसारको तालिमको आयोजना गरेकोमा होटल तथा पर्यटन व्यवसायी संघलाई धन्यवाद समेत दिनु भयो ।

त्यसैगरी होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष रविन्द्र पौडेलले सिपमुलक तालिम लिइसके पछि केहि न केहि व्यवसाय गरेर आर्थिक रुपमा सक्षम हुनुपर्ने प्रष्टाउनु भयो । उहाँले उद्यमशील बनाउने लक्ष्यसहित तालिम सञ्चालन गरिएको बताउदै सक्षम ब्यक्तीको माग बजारमा बढ्दै गएको बताउनु भयो । अध्यक्ष पौडेलले नगरका युवा युवतीहरुलाई उद्यमतर्फ उन्मुख गराउनका लागि कफी वारिस्ता तालिमको आयोजना गरिएको जानकारी गराउदै आफुले सिकेको सिपलाई सदुपयोग गर्नका लागी व्यवसाय सुरु गर्न आग्रह गर्दै आफुले समेत आर्थिक रुपमा सहयोग गर्ने बताउनु भयो । उक्त समापन कार्यक्रमको सञ्चालन महासचिव रोमलाल पौडेलले गर्नुभएको थियो

प्रकाशित : २२ फाल्गुन २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६