खोज–अनुसन्धान

मधेसको मुख्यमन्त्रीमा ३ दलको दाबी, कांग्रेससँग मिलेर सरकार बनाउने जनमतको ‘धम्की’



जनकपुरधाम २३ फागुन । सङ्घमा सत्ता समीकरण फेरिएसँगै त्यसको असर मधेस प्रदेशमा प्रत्यक्षरूपमा देखिन थालेको छ । यसपछि जनता समाजवादी पार्टी ९जसपा० नेतृत्वको सरकार के हुने भन्ने चासो देखिएको छ ।

सङ्घीय सत्ता गठबन्धनबाट नेपाली कांग्रेस बाहिरिएपछि मधेसमा पनि नयाँ शिराबाट सरकार गठन गर्ने तयारी थालिएको छ । नेकपा ९माओवादी केन्द्र० का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा। सीके राउत नेतृत्वको जनमत पार्टीलाई पनि समावेश गर्ने प्रयास गरिरहेका छन् । जनमतले सङ्घीय गठबन्धनमा सामेल हुन मधेस प्रदेशको मुख्यमन्त्रीको सर्त राखेको छ ।

१०७ सदस्यीय प्रदेश सभामा नेकपा एमालेका सभामुखसहित २४, नेपाली कांग्रेसका २२, जसपाका १९, माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा का ९/९, नेकपा एकीकृत समाजवादी का ७, नगरिक उन्मुक्ति पार्टी नाउपाका १, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का १, सङ्घीय समाजवादी पार्टी ससपा का १ र १ स्वतन्त्र सांसद छन् ।
वर्तमान गठबन्धनको अङ्कगणितअनुसार एमाले, जसपा र माओवादी केन्द्रको ५२ सांसद मात्र पुग्छ । त्यसैले एमाले, जसपा र माओवादीको मात्र सरकार भने बन्दैन । १०७ सदस्यीय प्रदेश सभामा सरकार बन्नका लागि कम्तिमा ५४ सांसद चाहिन्छ ।

यस्तो अवस्थामा जनमतले सहयोग नगरे पनि मधेसमा एमाले २४ जसपा १९ माओवादी ९ नाउपा एक र एक स्वतन्त्र (रिजवाल अन्सारी)नेतृत्वको नेपाल सङ्घीय समाजवादी पार्टीका एक सांसदको सहयोगमा सरकार बन्नसक्छ ।

त्यसैगरी कांग्रेस २३,जनमत १३ लोसपा ९ र एकीकृत समाजवादी ६ लाई पनि दुई मत कम हुन्छ  । अर्थात् जनमत, लोसपा र एकीकृत समाजवादीमध्ये कुनै दल नयाँ सत्ता गठबन्धनमा सहभागी नभएमा कांग्रेसले पनि सरकार गठन गर्नसक्ने सम्भावना देखिन्छ ।

यही अङ्कगणितको फाइदा उठाउँदै जनमतले सङ्घीय सरकारमा सहभागी हुन मधेसको मुख्यमन्त्रीको सर्त राखेको हो । जनमतका उपाध्यक्ष वसन्त कुशवाहा वर्तमान सरकारमा सहभागी हुन नसकिने बताउँछन् ।त्यसो त जनमतले एक महिनाअघि मात्रै मधेस सरकार त्यागेको थियो । “हामीलाई सरकारको नेतृत्व नदिए कांग्रेससँग मिलेर सरकार गठनको प्रयास गरिनेछ,” उनले भने ।

अर्कोतिर केन्द्रमा एमालेसहितका गठबन्धनमा जसपासमेत रहेकाले तत्कालै मधेस सरकारको नेृत्व परिवर्तन नहुने आकलन गरिन्छ । अन्य प्रदेशको तुलनामा जसपाको बलियो उपस्थिति मधेसमा छ । यसकारण केन्द्रको अवस्था जे(जसो भएपनि जसपा मधेस सरकार नछाड्ने पक्षमा छ ।

केन्द्रमा समीकरण फेरिए पनि मधेसमा जसपाको नेतृत्व यथावत् रहने जिकिर गर्छन् जसपा प्रदेश सांसद सरोज कुशवाहा । उनले भने, “मधेसमा यही सरकारले निरन्तरता पाउँछ ।”तर, मधेस सरकार यथावत् रहने वा नेतृत्व परिवर्तन हुनेस यो भने हेर्न बाँकी नै छ ।

आलोपालो सरकारको नेतृत्व हुने विषयमा सङ्घीय गठबन्धनले टुङ्गो लगाएपछि मात्र केही भन्ने माओवादी केन्द्र मधेस प्रदेश संसदीय दलका नेता भरतप्रसाद साह बताउँछन् । उनका अनुसार आलोपालो नेतृत्व गर्ने सहमति गठबन्धनमा हुने सम्भावना छ ।यद्यपि केन्द्रमा लोसपा र एकीकृत समाजवादी गठबन्धनमा नरहेकाले यी दुईमध्ये एक दल अथवा अन्य एकरएक सिट भएका दल वा स्वतन्त्र सांसदहरूलाई जोड्न सके मात्र बहुमत सरकार कायम राख्न सकिने देखिन्छ ।

प्रकाशित : २३ फाल्गुन २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६