अर्थ-वाणिज्य

पहिलो पटक भूमी ब्यवस्था तथा सहकारी मन्त्री बनेका अधिकारीको यस्तो छ बायोडाटा




कपिलवस्तु २३ फागुन । बुधवार साझ नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीका तर्फबाट १६ नयाँ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । ती १६ नया मन्त्री मध्ये एमालेका तर्फवाट भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बनेका बलराम अधिकारी पहिलो पटक मन्त्री बनेका हुन् । कपिलवस्तु निर्वाचन क्षेत्र(१बाट प्रतिनिधिसभाको निर्वाचन २०७९मा नेकपा एमालेका उम्‍मेदवार बनेर अधिकारी निर्वाचित भएका थिए ।ततकालिन ५ दलिय सत्ता गठबन्धनवाट उम्मेदवार बनेका माओवादी केन्द्रका प्रभावशाली नेता चक्रपाणि खनाल( वलदेव)लाई १८ हजार ४२९ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् । बलरामले ३६ हजार ६१९ मत पाउँदा उनका प्रतिस्पर्धी खनालले १८ हजार १९० मत मात्र ल्‍याएका थिए ।
यो फराकिलो मतान्तर एमाले एक्लैले ल्याएपछि अधिकारी लुम्विनी प्रदेश मै सबै भन्दा ठूलो अन्तरले विजयी हुनेमा परेका थिए । अधिकारीले एमाले कपिलवस्तुको जिल्ला प्रमुख भएर २०५४ साल देखि लगातार १५ बर्ष काम गरेका नेता हुन् । उनी पार्टीमा ३ कार्यकाल अध्यक्ष बनेर कपिलवस्तुमा नयाँ इतिहास बनाएका छन् । २०३३ साल देखि विद्यार्थी राजनीतिमा लागेका उनी २०७० को संविधान सभा निर्वाचनमा नेपाली कांग्रेसका प्रभावशाली नेता दिपकुमार उपाध्यायलाई १ हजार बढीको मतान्तरले पराजित गरेर निर्वाचित भएका थिए । उनी २०६४ को संविधान सभामा दिपकुमार उपाध्यायसंग १९५ मतको झिनो अन्तरले पराजित भएका थिए ।

२०१७ सालमा मा जन्मिएका अधिकारी सुन्दरी डाडा मावि शिवगढीमा प्रधानाध्यापक रहेका वखत राजीनामा दिएर एमालेको जिल्ला प्रमुख हुने गरी जिम्मेवारी पाएका थिए । जिल्ला पाटीमा २ पटक सर्ब सहमत अध्यक्ष बनेका अधिकारी तेश्रो पटक भने पार्टी भित्रै चुनाव लडेर जितेका थिए । एमालेको १० औ महाधिबेशनवाट केन्द्रिय सदस्य बनेका उनी गत वर्ष प्रचण्ड नेतृत्वको सरकारमा पठाउने सूचीमा परेपनि अन्तिममा पार्टीले नाम परिवर्तन गरेको थियो ।

प्रकाशित : २३ फाल्गुन २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६