खोज–अनुसन्धान

इन्जिनियर पृष्ठभूमीका महासेठले सम्हाले भौतिक पूर्वाधार मन्त्रालय



कपिलवस्तु २३ फागुन । सिभिल इन्जिनियर पृष्ठभूमीका रघुबीर महासेठ विकासेमध्येको सबैभन्दा ठूलो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कमाण्डन् सम्हाल्न पाएका छ एमालेका सचिव रहेका उनी एमालेका मन्त्रीको नेतृत्व गर्दै उपप्रधानमन्त्री समेत बनेका छन् । मन्त्री मण्डलमा दोश्रो बरियता पनि उनै रघुवीर महासेठले पाएका छन् । महासेठ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्रका रुपमा दोस्रो पटक भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका हुन्।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा २०७४ चैत २ पनि महासेठ भौतिक मन्त्री भएका थिए।पहिलो पटक भौतिक मन्त्रालय सम्हाल्दा उनी विवादित भएका थिए। त्यसबेला उनलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ मंसिरमा हटाएका थिए। त्यसपछि २०७८ जेठमा महासेठ उपप्रधानसहित परराष्ट्र मन्त्री बने।पहिलो पटक भौतिक मन्त्री बनेको ६ वर्षपछि महासेठ एमालेको नेतृत्व गर्दै भौतिक मन्त्रालयमा फर्किएका हुन्।महासेठले २०७९ मंसिर ४ को चुवानमा धनुषा क्षेत्र नम्बर ४ बाट गठबन्धनका उमेदवार महेन्द्र राय यादवलाई पराजित गरेका थिए।

प्रकाशित : २३ फाल्गुन २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६