अर्थ-वाणिज्य

मन्त्री अधिकारीले सम्हाले कार्यभार : भूमीहिन र सुकुम्वासीको समस्या समाधान उच्च प्राथमिकतामा




कपिलवस्तु २३ फागुन । बुधवार साझ भूमी ब्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले मन्त्रालय पुगेर पदभार ग्रहण गरेकाछन् । पदभार ग्रहणसंगै मुलुकभरका भूमीहिन सुकुम्वासी र अब्यवस्थि बसोवासीको समस्या समाधानलाई उच्च महत्व दिएर काम गर्ने प्रतिवद्धता जनाएका छन् । बुधवार साझ नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीका तर्फबाट १६ नयाँ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका थिए ।

ती १६ नया मन्त्री मध्ये एमालेका तर्फवाट भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बनेका बलराम अधिकारी पहिलो पटक मन्त्री बनेका हुन् । कपिलवस्तु निर्वाचन क्षेत्र १बाट प्रतिनिधिसभाको निर्वाचन २०७९मा नेकपा एमालेका उम्‍मेदवार बनेर अधिकारीले ततकालिन ५ दलिय सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका प्रभावशाली नेता चक्रपाणि खनाल( वलदेव) लाई १८ हजार ४२९ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् । बलरामले ३६ हजार ६१९ मत पाउँदा उनका प्रतिस्पर्धी खनालले १८ हजार १९० मत मात्र ल्‍याएका थिए । अत्याधिक फारकिलो जनमत र कपिलवस्तुवाट संघमा प्रत्यक्षमा २ , राष्ट्रिय सभामा १ र समानुपातिकमा ३ सांसद जितेपछि जनमतको कदरगर्दै यस अघि मन्त्री वनाउन लागेको एमालेले अन्तिममा आएर अधिकारीलाई मन्त्री बनाएको थिएन । ३ महिने कार्यकालमा मन्त्री बन्न नपाएका अधिकारी यसपाली कपिलवस्तुका तर्फवाट संघमा मन्त्री बनेका हुन् ।

प्रकाशित : २३ फाल्गुन २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६