खोज–अनुसन्धान

धादिङ बस दुर्घटनामा ज्यान गुमाएका ७ को सनाखत : ३ अझै बेपत्ता



चितवन २४ फागुन । हिजो बिहान पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनाका मृतक सबैको सनाखत भएको छ। लुम्विनीबाट यात्रु लिएर काठमाडौँ जांदै गरेको लु२ख २१२१ नम्बरको यात्रुबाहक रात्रीबस बुधबार बिहान ५ बजे दुर्घटनामा परेको थियो ।जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवालका अनुसार दुर्घटनामा परि मृत्यु हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ का रुवी श्रेष्ठ, काठमाडौँको चन्द्रागिरि नगरपालिका–१० का ५५ वर्षीय बेखा पुटुवर, कपिलवस्तुका महेन्द्र चौधरी, लुम्विनी सांस्कृतीक नगरपालिकाका जोगिन्दर यादव, रामकिशोर जैसवाल, नासिर अलि र सराजुद्दीन मुसलमान रहेका छन्।
आफन्त र परिवारसँग सम्पर्क गरी मृतकको यकिन गरिएको प्रहरी नायब उपरीक्षक जैसवालले बताए। प्रहरीका अनुसार सो बसमा रहेका नर्मदा सुवेदी, विराज गैरे र प्रकाश पाठक हराइरहेका छन्। उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा ३९ जना घाइते छन्।यातायात ब्यवसायीले टिकट दिदा सबै यात्रुको नाम र ठेगाना नराखेका कारण मृतकहरुको सनाखत हुन ढिलाई भएको प्रहरीले जनाएको छ। सिद्धार्थ यातायात ब्यवसायी प्रालिको उक्त बस मंगलबार सांझ लुम्विनीबाट १८ जना बुटवल बाट १२ जना तथा सुनवलबाट २ जनाले मात्रै टिकट काटेर चढेको देखिएको छ भने अन्य यात्रुहरु बिभिन्न स्थानबाट चढेका थिए।

प्रकाशित : २४ फाल्गुन २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६