अर्थ-वाणिज्य

समस्या ग्रस्त सहकारीको पहिचान गरी उपचार गरिनेछ : मन्त्री अधिकारी



कपिलवस्तु २४ फागुन । नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहीनका समस्या समाधान गर्ने पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।संचारकर्मीसंग कुराकानी गर्दै उहाले लामो समयदेखि सुस्त गतिमा चलेको भूमि आयोगको कामलाई गतिशील बनाइ दशकौँदेखि सास्ती खेपेका भूमिहीनलाई लालपुर्जा दिने कामको सुरुवात हुने वताउनु भएको छ । भूमिसम्बन्धी समस्या रहेका अस्थायी बसोबास, सुकुम्वासी र गुठीका समस्या समाधानका लागि पदभार सम्हालेदेखि काम अगाडि बढेको बताउनुभयो ।
केही सहकारीमा आर्थिक अपचलन र अन्य समस्या देखा परेको हुँदा त्यसप्रति मन्त्रालयको ध्यान पुग्ने बताउनुभयो । मन्त्री अधिकारी नेकपा (एमाले) बाट कपिलवस्तु क्षेत्र १ मा प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनु भएको थियो । शिक्षण पेसाबाट राजीनामा दिएर २०५४ सालमा एमाले जिल्ला प्रमुखको नेतृत्व सम्हाल्नु भएको थियो । उहाँ तीन कार्यकाल जिल्ला प्रमुखको रूपमा रहनुभएको थियो । एमालेको १० औँ महाधिवेशनबाट केन्द्रीय सदस्य हुनु भएको थियो ।
फोटोः

प्रकाशित : २४ फाल्गुन २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६