अर्थ-वाणिज्य

स्थानीय सरकारको बेवास्ताले लुम्विनी अस्तब्यस्त



भैरहवा २४ फागुन । फोहरमैलाको व्यवस्थापन हुन नसक्दा पर्यटकीय क्षेत्र लुम्बिनी दुर्गन्धित बन्दै गएको छ । लुम्बिनी विकास कोषले पटक–पटक पवित्र क्षेत्र लुम्बिनीमा फोहोर नफ्याँक्न आग्रह गरेपनि बेवास्ता गर्दै स्थानीय र होटल व्यवसायीले डम्पिङ साइट जस्तै गरी लुम्बिनीको पर्खालभित्र फोहोर फाल्दै आएका छन् । जसले गर्दा लुम्बिनीको दक्षिणतर्फको पर्खाल क्षेत्र दुर्गन्धित बनेको छ । लुम्बिनी संस्कृति नगरपालिकाले पनि स्थानीय स्तरमा उत्पादित फोहोर व्यवस्थापन गर्न नसक्दा स्थानीयले लुम्बिनीको पर्खालभित्र फोहोर फाल्ने गरेका छन् । स्थानीयकै कारण फोहोरले दुर्गन्ध बढ्न थालेपछि पवित्र क्षेत्र लुम्बिनीलाई सफा राख्न चुनौती थपिएको छ ।
लुम्बिनीस्थित लुम्बिनी विकास कोषको दक्षिणपट्टी गेट नम्बर ३, ४ र ५ तर्फ स्थानीय र होटल व्यवसायीले जथाभाबी फोहोर फाल्दा दुर्गन्ध फैलिएको छ । कोषको दक्षिणपट्टी बाक्लो बस्ती छ भने दर्जनौँ होटलहरु सञ्चालनमा छन् ।अधिकांश होटलहरुले कोषको पर्खालभित्र फोहोर फ्याँक्ने गर्छन् । जसले गर्दा ओहोरदोहोर गर्ने आन्तरिक तथा बाह्य पर्यटकले नाक खुम्च्याउनु पर्ने बाध्यता छ । लुम्बिनीस्थित पवित्र उद्यान क्षेत्र र आसपासमा विकास कोषले नियमित सरसफाइ गर्दै आएको छ । तर कोषको दक्षिणतिरको क्षेत्रमा नियमित सरसफाइ छैन । “स्थानीय स्तरमा उत्पादन हुने फोहोर नगरपालिकाले पनि व्यवस्थापन गर्न सकेको छैन ।

प्रकाशित : २४ फाल्गुन २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६