अर्थ-वाणिज्य

बुटवलमा ’बाआमासँग नगर प्रमुख’ कार्यक्रमको लाभवाट उत्साहीत




बुटवल २४ फागुन । ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य उपचार गर्न थालेपछि बुटवलका नागरिक खुसी भएका छन् । बुटवल उपमहानगरपालिकाले चिकित्सकसहितको टोलीसहित घरघरमा लगेन चेकजाँच गर्ने अभियान चलाएको छ । उपमहानगर पालिकाको ‘बाआमासँग नगर प्रमुख’ कार्यक्रम अन्तर्गत कयौँ ज्येष्ठ नागरिकलाई घरमै पुगेर सेवा दिइएको छ ।बुटवल १२ तामनगर प्रगति टोलकी ११० वर्षीय ऐरावती बरइको स्वास्थ्य परीक्षण गरेर सुरु भएको कार्यक्रममा वडा नं. १ मा ७३ जना र २ मा १ सय २९ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । बुटवल ३ मा रहेका ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरिएको छ । घरमा सेवा पाउँदा ज्येष्ठ नागरिक निकै खुसी छन् ।
वडा नम्बर ३ मा एक सय ७६ जनाको स्वास्थ्य परीक्षण गरिएको र तीमध्ये ४८ जनाको इसीजी र १ सय ४१ जनाको मधुमेह परीक्षण गरिएको छ । ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण गर्ने कार्यक्रमले आफूलाई खुसी लागेको नगर प्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।चालु आर्थिक वर्षको बजेटमा बाआमासँग नगरप्रमुखका साथसाथै उपप्रमुख सुत्केरी स्वास्थ्यवर्द्धक कार्यक्रम, शिशु पोषण कार्यक्रम र जटिल रोगका बिरामीका लागि राहत दिने र उपचारमा सहयोग गर्ने कार्यक्रम नियमित रूपमा सञ्चालन भइरहेका छन् ।“
ज्येष्ठ नागरिक र फरक क्षमता भएकाहरूको स्वास्थ्य परीक्षण तथा उपचारमा विशेष चासो दिएको र आगामी वर्षमा समेत निरन्तरता दिइने उहाँको भनाइ छ । घरबाहिर निस्किन नसक्ने र अपाङ्गता भएका व्यक्तिहरूका लागि सहज होस् भन्ने उद्देश्यले विशेषज्ञसहितको सेवा घरदैलोमा पु¥याउन थालेको पाण्डेयको भनाइ छ ।१९ वटै वडामा सञ्चालन हुने अभियानका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा. नन्दु पाठक, स्त्री रोग विशेषज्ञ डा. राजेन्द्र बस्याल, फिजिसियन डा. हरि पन्थी, विशेषज्ञ चिकित्सकहरू, मेडिकल अधिकृत तथा स्वास्थ्यकर्मीहरूले स्वास्थ्य परीक्षण गर्ने जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिनुभयो ।

प्रकाशित : २४ फाल्गुन २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६