खोज–अनुसन्धान

पुराना कम्युनिष्ट नेता तथा लुम्बिनी प्रदेशका पूर्व प्रमुख यादवको निधन



बुटवल ३० फागुन ।पुराना कम्युनिष्ट नेता तथा लुम्बिनी प्रदेशका पूर्व प्रमुख धर्मनाथ यादवको निधन भएको छ ।सिरहाको सुखिपुर नगरपालिका ६ का यादवको ७० वर्षको उमेरमा उनको आज निधन भएको हो । घरमै निधन भएको यादवको आज दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।स्थायी शिक्षक रहेका उनले राजीनामा दिएर नेकपा एमालेबाट ०४८ र ५१ को मध्यावधि चुनाव लडे पनि पराजित भएका थिए ।इमानदार नेताको छवि बनाएको उनलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ कात्तिक १८ मा लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।

प्रकाशित : ३० फाल्गुन २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६