खोज–अनुसन्धान

एमाले रोल्पाको जिल्ला अधिवेशनबाट अध्यक्षमा अमृत बुढामगर निर्वाचित



दाङ १ चैत ।नेकपा एमाले रोल्पाको सातौं जिल्ला अधिवेशनबाट अमृत बुढामगर निर्वाचित भएका छन् । नयाँ नेतृत्व छनोटका लागि बुधबार भएको निर्वाचनबाट उनी निर्वाचित भएका हुन् । मंगलबार सुरू भएको सातौं अधिवेशनमा नयाँ नेतृत्वका लागि सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन भएको थियो ।

अध्यक्ष पदमा अमृत बुढामगर र घनश्याम आचार्यको उम्मेदवारी परेको थियो । अमृतले १९५ मत ल्याएका छन् भने घनश्यामले ११२ मत ल्याएका छन् । उपाध्यक्षमा विजयकुमार घर्तीमगर सर्वसम्मत भएका थिए ।सचिवमा नेपबहादुर थापा विजयी भएका छन् । थापाले १८२ मत ल्याउँदा प्रतिस्पर्धी ठाकुरप्रसाद वलीले ११२ मत ल्याएका थिए । उपसचिवमा बमबहादुर पुन विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी प्रेमराज बुढाले ८० मत ल्याएका छन् । त्यसैगरी महिला उपसचिवमा रमिता डाँगी विजयी भएकी छन् । उनका प्रतिस्पर्धी कृष्णीकुमारी गौतमले ६१ र तारा सेनले २५ मत ल्याएका छन् ।त्यसैगरी, ५ जना खुला सदस्यहरुमा सन्तोष बाठा, कमानसिंह पुनमगर, धनबहादुर बस्नेत, रामचन्द्र बुढामगर, परबिर बिक, विजयी भएका छन् ।

अधिवेशनमा ३८१ प्रतिनिधि सहभागी थिए । रोल्पामा भएका पाँच केन्द्रीय नेता पोलिटब्यूरो सदस्य गोकुल घर्ती, कुमार दशौंदी, नवीन रोका मगर, यमुना रोका तामाङ घर्तीलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा उभिएका थिए केन्द्रीय सदस्य ईश्वरी जीएम आचार्यलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा उभिएकी थिइन् ।अधिवेशनको उद्घाटन सत्रमा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्याल, प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलसहितका नेताहरु पुगेका थिए ।

प्रकाशित : १ चैत्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६