अर्थ-वाणिज्य

सुरक्षा समितिका अधिकारीहरूलाई गृहमन्त्रीको ९० दिने म्याद सहितको निर्देशन



काठमाडौँ २ चैत । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अबको ९० दिनमा गृह मन्त्रालयका हरेक सूचक माथि जाने गरी काम गर्न ७७ वटै जिल्ला सुरक्षा समितिका अधिकारीहरूलाई निर्देशन दिएका छन् ।बिहीबार साँझ सिंहदरवारस्थित मन्त्रालयबाट जिल्ला सुरक्षा समितिका अधिकारीहरूलाई ‘भर्चुअल’ निर्देशन दिँदै गृहमन्त्री लामिछानेले मुलुकमा दण्डहीनताको अन्त्य हुने, फरार अपराधी नियन्त्रणलगायत तत्काल देखिने काम गर्न निर्देशन दिएका हुन् । १० बुँदे निर्देशन दिँदै उनले भने, ‘अबको ९० दिनमा गृह मन्त्रालयका हरेक सूचक माथि जानुपर्छ । गएन भने गम्भीर समीक्षा हुन्छ । र, काममा आलटाल गर्ने, निर्देशन पालना र लक्ष्य पूरा नगर्नेको मूल्याङ्कन हुन्छ ।’
निर्देशनका मुख्य बुँदा:
– गृह मन्त्रालयले राम्ररी काम गर्न सक्यो भने नागरिकले सरकार छ भन्ने अनुभूत गर्छन् । तर, यो देशमा मान्छे नचिन्दा कुनै काम हुँदैन भन्ने भाष्य निर्माण भएको छ । हामीले सत्यसँग पनि डगमगाउने समाज बनाएका छौँ । समाज बस्न लायक हुँदैन । सहज रूपमा न्याय र सुरक्षा पाइँदैन भने मान्छे निराश हुन्छ । अहिलेको अवस्था त्यही हो । यो अवस्था चिर्ने दायित्व गृह प्रशासनको हो ।

– सरकारले अधिकार दिएका हामीले प्रभावकारी काम गर्न नसक्दा नै समाजमा निराशा बढ्यो । बेथितिमा रमाउने बानी पर्‍यो । समाज कस्तो हुनुपर्छ भन्ने हामीले बिर्सिसक्यौँ । मलाई भन्दा तपाईँलाई थाहा छ कहाँ बिग्रिएको र कहाँ सुधार्नु पर्छ भन्ने । तर, खै त बिग्रिएको सुधारेको ?

– अब एकपटक समस्या समाधानको प्रण गरौँ । प्रत्येक दिन नागरिकसँग ठोक्किने तपाईँ नै हो सरकार, सुधार तपाईँहरू बाटै सुरु गर्नुपर्ने हो । जिम्मेवार भएर काम गर्ने शैली थोरै परिवर्तन गर्दा परिणाम आउँछ । एक÷दुई जनाले राज्यलाई चुनौती दिइरहेका छन् । तर, हामी मौनजस्तै छौँ । यो क्रम कहिलेसम्मरु

– निर्देशनमा होइन टिमको सदस्यका रूपमा रूपमा योजनाबद्ध र प्रभावकारी काम गरौँ । समाजमा रहेका गलत पात्र र प्रवृत्ति तपाईँहरू नै चिन्नुहुन्छ भने सुधारमा के समस्या रह्यो तरु मेरोतर्फबाट कानून पालना गर्ने पूर्णाधिकार तपाईँहरूसँग छ । त्यसको पूर्ण कार्यान्वयन गर्नुस् । कानूनभन्दा माथि निर्देशन हुन सक्दैन । आफ्नो अधिकार राजनीतिक नेतृत्वलाई नसुम्पनुस् ।

– चोटाकोठामा दौडने काम हाम्रो हो, सेवाग्राहीको होइन । तस्करी नियन्त्रण गर्न, सुरक्षा कायम गर्न, प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न र गुण्डागर्दी नियन्त्रण गर्न कसैको निर्देशन कुरिरहनु पर्दैन । गृह मन्त्रालय हिजो कसरी चलेको थियो थाहा छैन, अब हिजोको जसरी चल्दैन । गृह मन्त्रालयको नेतृत्व फेरिएको महसुस नागरिकले भोलि नै महसुस गर्नुपर्छ । कति दिन रहन्छु थाहा छैन । जति रहन्छु राम्रो गर्छु । नागरिकलाई आशा दिनुबाहेक मेरो स्वार्थ छैन ।

– सबैतिर निषेधित क्षेत्र लोकतन्त्रको भद्दा मजाक हो । सुरक्षाको बहानामा शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने ठाउँ खुम्च्याउनु हुँदैन । अराजकता र सस्तो लोकप्रियताका लागि अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग भइरहेको छ भने त्यसलाई रोक्नुस् । होइन उनीहरूले प्रमाणित र तथ्यपूर्ण कुरा गरेका छन् भने प्रमाणका साथ कानूनले जे भन्छ त्यही गर्नुस् ।

– समस्या लिएर आउनेको तत्काल काम गरिदिनुस् । काम नहुने छ भने कारण भनेर कन्भिन्स गरिदिनुस् । नागरिक समस्या लिएर सिंहदरबार आउनु नपरोस् । समाधान नभएका समस्या चाहिँ तपाईँहरू मार्फत सिंहदरबार आओस् ।

– साहु महाजनले गरिबलाई नतर्साओस् । पीडितको पक्षमा उभिनुस् । पीडितलाई थप पीडा दिने काम नगर्नुस् । किसानका समस्यालाई प्राथमिकता दिनुहोस् । अवैध आयात नियन्त्रण गर्नुहोस् । नेपाली उत्पादनले बजार नपाउने, अवैध आयात भइरहने क्रम रोकिनै पर्छ ।

– तपाईँहरूको राजनीतिक नेतृत्वसँग सुसम्बन्ध नै रहोस् । तर, तपाईँको स्वार्थमा उनीहरू ९राजनीतिक नेतृत्व०बाट मलाई, मेरो सचिवालयलाई, परिवारलाई सरुवा(बढुवाको चिट आउने, गल्ती गर्दा बचाउन सिफारिस गर्ने विद्यमान प्रवृत्ति स्वीकार्य हुँदैन । अमुक नेता, तस्कर, स्वार्थ समूहले फलानो मान्छे चाहियो भन्यो भने जसको नाम आउँछ उसलाई चाहिँ कारबाही गर्छु । दण्डहीनताको अन्त्य र फरार अपराधीको नियन्त्रणमा तत्काल देखिने गरी काम गर्नुहोस् ।

– अबको ९० दिनमा गृह मन्त्रालयका हरेक सूचक माथि जानुपर्छ । गएन भने गम्भीर समीक्षा हुन्छ । र, काममा आलटाल गर्ने, निर्देशन पालना र लक्ष्य पूरा नगर्नेको मूल्याङ्कन हुन्छ ।

कार्यक्रममा गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ओकप्रकाश जोशीले पनि जिल्ला सुरक्षा समितिका अधिकारीहरूलाई सुरक्षा, सुशासन, सेवा प्रवाह, नागरिक सेवालगायत विषयमा निर्देशन दिएका थिए ।यसअघि बुधवार पद बहाली गरेसँगै गृह सचिव एकनारायण अर्यालले मन्त्रालय अन्तर्गतका विभिन्न निकायका कर्मचारीहरूलाई निर्देशन दिँदै गृह प्रशासनलाई बिचौलियाबाट मुक्त बनाइने बताएका थिए

प्रकाशित : २ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६