खोज–अनुसन्धान

देउवाको दवाबमा सीआईबीबाट हटाइएका एआईजी ज्ञवालीको पुनर्बहाली



भक्तपुर २ चैत । शेर बहादुर देउवाको दवाबमा सीआईबीबाट हटाइएका एआईजी श्यामलाल ज्ञवालीको पुनर्बहाली भएको छ । सरकारले नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवालीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुख बनाउने निर्णय गरेको छ।शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको प्रस्तावमा ज्ञवालीलाई सीआईबी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो।
सुन तस्करी प्रकरणलाई लिएर विवादमा जोडिएपछि वर्तमान सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यलाई नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभागमा सरुवा गरिएको छ।नेपाल सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वज्राचार्यलाई कुनै कारबाहीका लागि नभई सरुवा मात्रै गरिएको बताइन्।नयाँ सीआईबी प्रमुख पठाउँदा सुन तस्करीको प्रतिवेदन कार्यान्वयमा पनि सजिलो हुन्छ भन्ने निष्कर्ष सरकारको होु, उनले भनिन्, ुहामीले कसैलाई कारबाही या पुरस्कार भनेर सरुवा गरेको होइन। यो सरकारले गर्ने नियमित काम हो।ज्ञवाली यसअघि कार्यविभागका थिए। ज्ञवाली र बज्राचार्य दुवैजना वर्तमान आईजीपी वसन्त कुँवरका ब्याची हुन्।

ज्ञवाली उपत्यका प्रहरी प्रमुख छँदा नक्कली शरणार्थी प्रकरण कानुनी प्रक्रियामा अघि बढेको थियो। यस प्रकरणको दोस्रो चरणको अनुसन्धान अघि बढ्न लागेपछि ज्ञवालीसहित अन्य प्रहरी अधिकारीको पनि सरूवा गरिएको थियो।

प्रकाशित : २ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६