अर्थ-वाणिज्य

भूमीको समस्या समाधान हुने , देशको तीब्र विकास सिघ्र सेवाकालागि नयाँ गठबन्धन : मन्त्री अधिकारी



पार्वती पाण्डे

कपिलवस्तु २ चैत । नयाँ गठबन्धनवाट देशले तीब्र विकास सिघ्र सेवा खोजेकोछ भूमी ब्यवस्था सहकारी तथा गरीवि निवारण मन्त्री बलराम अधिकारीले वताउनु भएकोछ । उहाले कपिलवस्तु तौलिहवा स्थित मदन आश्रीत स्मृती भवनमा आयोजित मन्त्रीको स्वागत समारोह एवम अगुवा कार्यकर्ता भेलालाई संवोधन गर्दै यस्तो वताउनु भएको हो । मन्त्री अधिकारीले अव मुलुकले भुमिहिन दलित , सुकुम्बासी र अव्यवस्थित बसोबासीको समाधान खोजेको मन्त्री अधिकारीले बताउनु भयो । आफ्नो पहिलो प्राथमिकता भुमि सम्बन्धी समस्याको समाधान खोज्नु नै रहेको बताउनु भयो ।
कपिलवस्तुका विभिन्न स्थानमा भएका भेटघाट स्वागत तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाले यति बेला आफु सिंगो लुम्बिनीको एक मन्त्री भएको बताउदै लुम्बिनीको मेरुदण्ड पर्यटन क्षेत्र र कृषि क्षेत्रको विकासमा समेत विशेष जोड दिने बताउनु भयो । एमाले अध्यक्ष डम्मर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका केन्द्रीय नेता गिरधारीलाल न्यौपाने , प्रदेश कमिटिका नेता तथा कार्यकर्ताहरुको उलेख्य सहभागिता रहेको थियो ।
यसैविच जिल्ला प्रशासन कार्यालय तौलिहवाको सभाहलमा भएको कार्यक्रममा कार्यालय प्रमुखहरुको भेलामा सम्बोधन गर्दै जनगुनासो नआउने गरि छिटो सेवा दिएर देशमा परिवर्तन हुदै छ भन्ने आग्रह गर्नु भयो । प्रमुख जिल्ला अधिकारी विश्वप्रकास अर्याल , प्रहरी उपरिक्षक नवरत्न पौडल , मालपोत कार्यालयका प्रमुख देवी वहादुर भण्डारी लगायत विभिन्न कार्यालय प्रमुखहरु उपस्थित रहनु भएको थियो । त्यसै गरि जिल्लाको क्षेत्र नं १ को लवनी , पकडी , डुमरा लगायतका स्थानमा उपस्थित स्थानीय नागरिकले समेत मन्त्री अधिकारीलाई फुलमाल लगाएर स्वागत गरेका थिए । मन्त्री अधिकारीले शुक्रवार पहिलो दिन आफ्नो निर्वाचन क्षेत्रको दक्षिणी भागलाई प्राथमिकता दिदै तौलिहवा सम्म पुगेर स्वागत ग्रहण गर्नु भएको थियो भने शनिवार जिल्लाको उत्तरी भेगमा केन्द्रीत रहेर विभिन्न कार्यक्रममा सहभागी हुने पाटी प्रचार तथा प्रकाशन विभागका प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो । मन्त्री अधिकारीले तौलिहवामा वाल गृहमा रहेका अनाथ वालकहरुलाई भेटेर गृहको विकासमा सहयोग पुर्याउने बताउनु भयो ।
शनिवार वाणगंगा , वुद्धभुमी , महाराजगञ्ज , कृष्णनगर , विजयनगर हुदै शिवराज नगरपालिका पाटीका नगरकमिटिले आयोजना गर्ने कार्यक्रममा मन्त्री अधिकारी सहभागी हुने कार्यतालिका रहेको छ ।

प्रकाशित : २ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६