खोज–अनुसन्धान

आरजु राणा अकस्मात नयाँ दिल्ली किन उडिन ?




कपिलवस्तु ३ चैत ।कांग्रेस सांसद आरजु राणा अकस्मात् भारतको राजधानी नयाँ दिल्ली उडेकी छन्। उनी साँझ ५ बजेको एयर भिस्ताराको उडानबाट नयाँ दिल्ली प्रस्थान गरेकी हुन्।उनी किन दिल्ली गएकी हुन् भनेर केही खुलाइएको छैन। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु केही दिनअघि मात्र भारतबाट फर्केकी थिइन्।

उनी भारतमै छँदा नेपालमा सत्तासमीकरण फेरिएको थियो।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ गते कांग्रेसलाई हटाएर एमाले तथा रास्वपालाई सरकारमा भित्र्याएका थिए। उनले शुक्रबार नै बाँदर नियन्त्रणसम्बन्धी अध्ययन गर्न आइतबार भारत प्रस्थान गर्न लागेको प्राविधिकहरूको टोलीलाई बिदाइ गरेकी थिइन्।उनी प्रतिनिधि सभाको कृषि समितिकी सभापति पनि हुन्।

प्रकाशित : ३ चैत्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६