खोज–अनुसन्धान

नयाँ गठबन्धन बर्षका लागि होइन दशकका लागि हो : मन्त्री महासेठ



रुपन्देही ३ चैत । उपप्रधानमन्त्री तथा भौतिक विकास मन्त्री रघुवीर महासेठले नयाँ गठबन्धन एक दुई बर्षका लागि होइन दशकका लागि हो भनेका छन् । उनले देशमा राजनीतिक स्थायित्व दिनका लागि नेकपा एमाले माओवादी केन्द्रको नयाँ गठबन्धन बनाउनु परेको बताएका छन् ।बुटवलमा शुक्रवारदेखि आयोजित रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ को १६ औँ सम्मेलनमा बोल्दै उनले देशमा बढ्दै गएको आर्थिक तथा राजनीतिक संकट समाधानका लागि यो गठबन्धन बनेको उनले दाबी गरेका छन् ।

‘अर्थतन्त्र संकटमा पर्‍यो, उद्योगधन्दा चल्नै नसक्ने भए, अन्य सबै क्षेत्र अस्तव्यस्त भयो, त्यस्तो अवस्थामा सरकारले राम्रोसँग काम गर्न सकेन त्यसमाथि राजनीतिक स्थायित्व पनि नभएकाले यसको समाधान गर्न एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले निकास दिन नयाँ गठबन्धन बनाउनुभएको हो’, उनले भने ।नयाँ सरकारलाई काम गर्न चुनौती भए पनि स्पष्ट योजनाका साथ सुशासन, समृद्धि र सेवा प्रदान गर्नका लागि गठबन्धन बनेकाले सेवालाई प्राथमिकतामा राखेर सरकारले काम गर्ने मन्त्री महासेठले बताए ।
यसअघिको सरकारले बजेट निर्माणदेखि कार्यान्वयनमा गरेको ठूलो कमजोरीका कारण अहिले देशका अधिकांश ठूला आयोजना अलपत्र परेको बताउँदै मन्त्री महासेठले भने, ‘शुरु भएका ठूला योजना सबै अलपत्र छन्, न्यून बजेट राखिएपछि यस्तो भएको हो, अलपत्र र अधुरा आयोजनालाई छिटो निर्माण गराउने र सरकारको सेवालाई प्राथमिकता दिने सरकारको मुख्य जिम्मेवारी रहेको छ ।’‘भैरहवा र पोखराका अन्तर्राष्ट्रिय विमानस्थलसहितका ठूला आयोजना निर्माण भएर पूर्ण सञ्चालन हुन सकेका छैनन्, निजी क्षेत्रले यसको आशामा ठूलो लगानी गरेको छ, सरकारको लगानी पनि उसै गरी फसेको छ, त्यसैले अब सरकारले यी आयोजनालाई यथाशक्य छिटो सञ्चालन र पुनर्निर्माणको योजनाका साथ अघि बढ्नेछ’, मन्त्री महासेठले भने ।

देशले निकै धेरै आर्थिक संकटको सामना गर्नुपरेको अवस्थामा त्यसलाई ट्र्याकमा ल्याउन र जनतामा बढेको निराशालाई कम गर्ने सरकारको अहिलेको सरकारको मुख्य जिम्मेवारी भएको बताउँदै उनले सरकारले अघि सारेको समृद्धिको एकल सरोकारलाई निजी क्षेत्र र सामाजिक संघसंस्थाले साथ दिनुपर्ने बताए ।तीन दिनसम्म चल्ने यो सम्मेलनमा नेपाल र भुटानका २ हजार रोटरियनहरु जम्मा भएको सम्मेलन आयोजक समितिका संयोजक एजाज आलमले बताए ।

प्रकाशित : ३ चैत्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६