खोज–अनुसन्धान

टिप्परको ठक्करबाट एकको मृत्यु : ७ लाख दिने सहमति पछि अबरुद्ध सडक खुल्यो



 दाङ ४ चैत । टिप्परको ठक्करबाट घोराही उपमहानगरपालिका–४ का ४५ वर्षीय कालिप्रसाद चौधरीको मृत्यु भएको छ ।घोराहीबाट गोग्लीतर्फ जाँदै चुन ढुंगा बोकेको रा १ ख २१६२ नम्वरको टिप्परले घोराही–१७ सिस्नेखोला नजिक ठक्कर दिदा चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । साइकलमा सवार चौधरीलाई शुक्रवार राती सवा ८ वजेतिर ठक्कर दिदा घाइते हुनु भएका चौधरीको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको डिएसपी जनकबहादुर मल्लले बताए ।

ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले शनिवार पक्राउ गरी अनुसन्धान थालेको छ । ठक्कर दिएर भागेकोले खोजी गरी कारवाहीको माग गर्दै मृतकका आफन्तहरुले शनिवार विहान ९ वजेदेखि घोराही–लमही सडकखण्ड अवरुद्ध गरेका थिए । सडक अवरुद्ध हुँदा सवारी आवागमनमा समस्या भएको थियो । शनिवार भएको छलफलमा पीडितपक्षलाई राहतस्वरुप ७ लाख दिने सहमतिपछि दिउसो ३ वजेपछि अवरुद्ध सडक खुलेको थियो ।

प्रकाशित : ४ चैत्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६