दाङ ५ चैत । राप्ती गाउँपालिका–१ स्थित सशस्त्र प्रहरी गणको कार्यालय विभिन्न व्यक्तिहरुको निजी जग्गामा स्थापना गरिएको भन्दै न्यायको माग राखि शनिबार शान्तिपूर्ण प्रदर्शन गरिएको छ ।पूर्व–पश्चिम राजमार्ग बन्ने क्रममा उक्त जग्गामा निर्माण सामग्री राखिएको थियो भने सशस्त्र द्वन्द्व शुरु भएपछि त्यस स्थानमा प्रहरी प्रशासनको कार्यालय स्थापना गरिएको छ । स्थानीय १८ जना व्यक्तिको छ विगाह सात कट्ठा नौ धुर जग्गा सशस्त्र प्रहरीले आफ्नो नियन्त्रणमा राखेको, अहिलेसम्म मुआब्जा नदिएको, व्यक्तिले जग्गाको मालपोत बुझाइरहे पनि सशस्त्र प्रहरीले जग्गाको भोगचलन गर्दै आएकाले न्यायको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरिएको संघर्ष समितिका अध्यक्ष विमलकुमार घिमिरेले जानकारी दिएका छन् ।
पाखापानीबाट शुरु भएको ¥यालीले भालुबाङ बजार परिक्रमा गरेको थियो । संविधानले दिएको निजी सम्पत्तिको सुरक्षा र उपभोग गर्न पाउने हकको संरक्षण गर्नुपर्ने, सुरक्षा निकायबाटै यस प्रकारको गतिविधि भएकाले पीडित जग्गाधनीहरु संघर्षमा उत्रनु परेको घिमिरेले बताए ।









प्रतिक्रिया