अर्थ-वाणिज्य

पोखरा पर्यटकीय राजधानी घोषित रुपन्देही आर्थिक र कपिलवस्तु सास्कृतिक राजधानी कहिले?



कपिलवस्तु ५ चैत । पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेका हुन । पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेसँगै रूपन्देही बासीहरूले लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा गर्दा रूपन्देहीलाई आर्थिक राजधानी बनाउने भन्दै नेताहरूले भाषण गरेको पुनः एक पटक सम्झीएका छन् । यस्तैकपिलवस्तु लाई सास्कृतिक राज्धानी बनाउने गरि नेताहरूले भाषण गरेको विषयमा पुनः एकपटक सबैले सम्झेर आलोचना समेत गरेका छन् । यद्यपी यो क्षेत्रका जनप्रतिनिधि, निर्वाचित सांसद तथा अन्य निकायले भने आर्थिक राजधानी बनाउने घोषणा गर्ने विषयमा कुनै पनि चासो देखाउन सकेका छैनन ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरालाई आईतबार नेपालको पर्यटकीय राजधानी घोषणा गरेका थिए । फेवाताल छेउको बाराहीघाटमा आयोजित समारोहमा प्रधानमन्त्री दाहालले सो घोषणा गरेका हुन् । त्यसअघि प्रधानमन्त्रीले पर्यटन राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भ अनावरण गरेका थिए । घोषणासभामा बोल्दै प्रधानमन्त्रीले पर्यटकीय राजधानी घोषणा गर्ने निर्णयले मुलुकलाई सकारात्मक दिशामा लैजाने दावी गरे । पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने प्रधानमन्त्रीले प्रतिवद्धता जनाए ।

साथै पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत सहरकोरूपमा विकास गर्न आगामी दिनमा उच्च प्राथमिकतामा राख्ने उनले स्पष्ट पारे । प्रधानमन्त्रीले पोखराको विकास निर्माणमा विद्यमान सम्भावित समस्या समाधानका लागि यथोचित पहल र समन्वय गर्ने स्पष्ट पारे ।पर्यटकीय राजधानीको सुदृढ पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट आवश्यक साझेदारी र सहयोग प्राप्त गर्न तथा निजी क्षेत्रलाई आकर्षित गर्न सरकारले सहजीकरण र पहल गर्ने उनले बताए । ‘आगामी महिनामा आयोजना हुने लगानी सम्मेलनका लागिसमेत पर्यटकीय राजधानी घोषणाले महवपूर्ण टेवा पुर्याउँछ’, प्रधानमन्त्रीले विश्वास व्यक्त गरे ।

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गर्न सम्वद्ध पक्षसँग सरकारले पहल र समन्वय गर्ने प्रतिवद्धता जनाए । नियमित अन्तर्राष्ट्रिय उडान र खर्चका सम्बन्धमा नयाँ ढंगले व्यवस्थापन गर्ने संकल्प आफूले लिएको प्रधानमन्त्रीले स्पष्ट पारे । उनले शनिबार पोखरामा आयोजित एक कार्यक्रममा विमानस्थलको ऋणलाई अनुदानमा बदल्न प्रयत्न गर्ने बताएका थिए । गण्डकी प्रदेशको विकासमा दूरगामी महत्व राख्ने मध्यपहाडी लोकमार्ग र पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक आयोजना समयमै सम्पन्न गर्न आवश्यक समन्वय र अनुगमन थप प्रभावकारी बनाइने उनले स्पष्ट पारे । उनले फेवातालको संरक्षणमा सर्वोच्च अदालतको फैसला र जनताको भावनालाई ध्यानमा राखेर निष्कर्षमा पुर्याउन पहल हुने बताए ।

प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ प्रवेशद्वारको रूपमा रहेको पोेखराको आर्थिक र सांस्कृतिक विकासका लागि कोरला त्रिवेणी नाकालाई प्रभावकारी ढंगले सञ्चालन गर्न पनि सहयोग गर्ने उनले प्रतिवद्धता जनाए । पर्यटनको राजधानी पोखरालाई विश्वकै विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा अघि बढाउन सबै नेपाली जनताले भूमिका खेल्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिए । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरालाई पर्यटकीय राजधानी घोषणाले प्रदेशवासीको सपना साकार भएको बताए । उनले पोखराका केही व्यवसाय रातको १ बजे र दोहोरी साँझ र लाउन्ज, डिस्को चौबिसै घण्टा खुला गरिने बताए ।पूर्वमुख्यमन्त्री खगराज अधिकारीले पोखरा साँच्चै संसारकै अलौकिक सहर भएको बताए । पर्यटनको राजधानी धेरै पहिला घोषणा हुनुपर्नेमा ढिलै भएपनि सार्थकता पाएको उनले बताए ।
पोखराका मेयर धनराज आचार्यले पर्यटनको राजधानी घोषणा भएसँगै अब महानगरले पर्यटन पूर्वाधारमा लगानी बढाएर लैजाने प्रतिबद्धता जनाए ।उक्त अवसरमा साहित्यकार मुकुन्दशरण उपाध्याय, डा। हर्क गुरुङ र गीतकार प्रेमप्रकाश मल्ललाई मरणोपरान्त सम्मान गरिएको छ ।

प्रकाशित : ५ चैत्र २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६